हुलाकी राजमार्गको कटहरी खण्डमा तीन ट्रक फसे, नयाँ ठेक्काको तयारी

Satya Sanchar सत्य सञ्चार

विराटनगर । हुलाकी राजमार्गअन्तर्गत मोरङको कटहरी खण्डमा सोमबार एकैसाथ तीनवटा मालबाहक ट्रक फसेका छन् । विराटनगरको हाटखोला– कटहरी खण्डमा ट्रकहरू फसेका हुन् । ट्रक फसेपछि  सवारी आवागमन प्रभावित भएको छ ।

वर्षाका कारण हिलाम्मे बनेको कच्ची सडकमा बढी भार बोकेका गाडीहरू फसेकाे हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीका प्रमुख युवराज पोखरेलले बताए । उनका अनुसार फसेका सवारी साधन निकाल्न मेसिन परिचालन गरिएको छ ।

विगतमा ठेक्का पाएको श्रेष्ठ कन्ट्रक्सनले समयमै काम नगरेपछि सो खण्डको ठेक्का तोडिएको थियो । जसका कारण करिब ६ किलोमिटर सडक लामो समयदेखि अलपत्र छ ।

प्रमुख पोखरेलले अबको एक साताभित्र सो खण्ड निर्माणका लागि नयाँ ठेक्का आह्वान गर्ने तयारी भइरहेको जानकारी दिए ।  ठेकेदार कम्पनीले दायर गरेकाे मुद्दा खारेज भइसकेकाले अब नयाँ प्रक्रियाका लागि कानुनी बाधा हटेको  उनले बताए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट सहमति प्राप्त भइसकेकाले यसै साता नयाँ ठेक्काको सूचना निकालिने उनले बताए ।

प्रकाशित मिति: सोमबार, ०८ असार, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.