हुलाकी राजमार्गको कटहरी खण्डमा तीन ट्रक फसे, नयाँ ठेक्काको तयारी

Satya Sanchar सत्य सञ्चार

विराटनगर । हुलाकी राजमार्गअन्तर्गत मोरङको कटहरी खण्डमा सोमबार एकैसाथ तीनवटा मालबाहक ट्रक फसेका छन् । विराटनगरको हाटखोला– कटहरी खण्डमा ट्रकहरू फसेका हुन् । ट्रक फसेपछि  सवारी आवागमन प्रभावित भएको छ ।

वर्षाका कारण हिलाम्मे बनेको कच्ची सडकमा बढी भार बोकेका गाडीहरू फसेकाे हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीका प्रमुख युवराज पोखरेलले बताए । उनका अनुसार फसेका सवारी साधन निकाल्न मेसिन परिचालन गरिएको छ ।

विगतमा ठेक्का पाएको श्रेष्ठ कन्ट्रक्सनले समयमै काम नगरेपछि सो खण्डको ठेक्का तोडिएको थियो । जसका कारण करिब ६ किलोमिटर सडक लामो समयदेखि अलपत्र छ ।

प्रमुख पोखरेलले अबको एक साताभित्र सो खण्ड निर्माणका लागि नयाँ ठेक्का आह्वान गर्ने तयारी भइरहेको जानकारी दिए ।  ठेकेदार कम्पनीले दायर गरेकाे मुद्दा खारेज भइसकेकाले अब नयाँ प्रक्रियाका लागि कानुनी बाधा हटेको  उनले बताए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट सहमति प्राप्त भइसकेकाले यसै साता नयाँ ठेक्काको सूचना निकालिने उनले बताए ।

प्रकाशित मिति: सोमबार, ०८ असार, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
जीवन विकास अस्पतालमा गढी र रतुवामाईका बासिन्दाले सहुलियत दरमा उपचार पाउने
गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु
© 2024 Satyasanchar. All Rights Reserved.