सरकारबाट बालेनले गाेल हान्नुहुन्छ, झुक्किएर बल आए उतै पास दिन्छु: रवि लामिछाने

Satya Sanchar सत्य सञ्चार

भरतपुर । रास्वपाका सभापति रवि लामिछानेले बालेन शाहले नै सरकारकाे नेतृत्व गर्ने बताएका छन् ।

पूर्वसहमति अनुसार नै सरकार अघि बढेको बताउँदै उनले प्रधानमन्त्री शाहले भटाभट गोल हानिरहेकाे बताएका हुन् ।

‘सरकार सञ्चालन गर्ने पूर्वसहमति अनुसार रास्वपाका वरिष्ठ नेता बालेन शाहको खुट्टामा बल पुगेको छ । भटाभट गोल हान्ने जिम्मा उहाँलाई नै छ, उहाँले हानिरहनु भएकाे छ,’ उनले भने,’झुक्किएर मेरो खुट्टामा आएछ भने पनि पास गरेर उहाँको खुट्टामा पुर्‍याउने जिम्मा मेरो हो ।’

इतिहासलाई साक्षी राखेर गरिएका अक्षर–अक्षरको पालना गर्ने उनको भनाइ छ । रास्वपालाई लडाउने, ढलाउने प्रयास निक्कै हुने भन्दै उनले आफूहरू त्यसबाट उठ्ने बताए ।

उनले कांग्रेस एमालेलाई पनि आफ्नाे दल भित्रकाे विवाद मिलाउन आग्रह गरे ।

प्रकाशित मिति: आइतबार, ०७ असार, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
जीवन विकास अस्पतालमा गढी र रतुवामाईका बासिन्दाले सहुलियत दरमा उपचार पाउने
गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु
© 2024 Satyasanchar. All Rights Reserved.