झापामा सवारी दुर्घटना हुँदा एकै परिवारका दुई जनाकाे मृत्यु

Satya Sanchar सत्य सञ्चार

विराटनगर । झापामा ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएकी छन् । कनकाई नगरपालिका–५ स्थित तुलसीवारीमा शुक्रबार दिउँसो सुरुङ्गाबाट झापा बजारतर्फ जाँदै गरेको मे ४ प ५८५ नम्बरको मोटरसाइकललाई खेत जोतेर सडकमा निस्कँदै गरेको मे १ त ७४०४ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो ।

जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी रञ्जन अवाका अनुसार दुर्घटनामा परी मोटरसाइकल चालक झापा गाउँपालिका– ३ बस्ने २० वर्षीय समिर अली र मोटरसाइकलमा सवार ५ वर्षीया हाजिरा खातुनको मृत्यु भएको हो । सोही दुर्घटनामा मोटरसाइकलको पछाडि सवार समिरकी आमा ४५ वर्षीया नुरेश सादेवी गम्भीर घाइते छिन् । डिएसपी अवाका अनुसार मृतक मामाभान्जी हुन् ।

दुर्घटना गम्भीर घाइते उनीहरूलाई उपचारका लागि कन्काई अस्पताल सुरुङ्गा पुर्‍याइएको भए पनि चिकित्सकले समिर र हाजिरालाई मृत घोषणा गरेका थिए । नुरेशलाई थप उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पठाइएको उनले बताए । दुर्घटनामा संलग्न ट्याक्टर र ट्याक्टर चालक कनकाई नगरपालिका– ५ का ४६ वर्षीय चक्रबहादुर तामाङलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, ०५ असार, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
जीवन विकास अस्पतालमा गढी र रतुवामाईका बासिन्दाले सहुलियत दरमा उपचार पाउने
गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु
© 2024 Satyasanchar. All Rights Reserved.