विराटनगर । झापामा ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएकी छन् । कनकाई नगरपालिका–५ स्थित तुलसीवारीमा शुक्रबार दिउँसो सुरुङ्गाबाट झापा बजारतर्फ जाँदै गरेको मे ४ प ५८५ नम्बरको मोटरसाइकललाई खेत जोतेर सडकमा निस्कँदै गरेको मे १ त ७४०४ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो ।
जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी रञ्जन अवाका अनुसार दुर्घटनामा परी मोटरसाइकल चालक झापा गाउँपालिका– ३ बस्ने २० वर्षीय समिर अली र मोटरसाइकलमा सवार ५ वर्षीया हाजिरा खातुनको मृत्यु भएको हो । सोही दुर्घटनामा मोटरसाइकलको पछाडि सवार समिरकी आमा ४५ वर्षीया नुरेश सादेवी गम्भीर घाइते छिन् । डिएसपी अवाका अनुसार मृतक मामाभान्जी हुन् ।
दुर्घटना गम्भीर घाइते उनीहरूलाई उपचारका लागि कन्काई अस्पताल सुरुङ्गा पुर्याइएको भए पनि चिकित्सकले समिर र हाजिरालाई मृत घोषणा गरेका थिए । नुरेशलाई थप उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पठाइएको उनले बताए । दुर्घटनामा संलग्न ट्याक्टर र ट्याक्टर चालक कनकाई नगरपालिका– ५ का ४६ वर्षीय चक्रबहादुर तामाङलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,435)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,364)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,344)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,216)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,153)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,115)