बिहारमा कोचिङ सेन्टर गाेली काण्डका आराेपी विराटनगरमा मृत भेटिए

Satya Sanchar सत्य सञ्चार

विराटनगर । भारतमा पछिल्लो समय चर्चामा रहेको कोचिङ सेन्टर गोली काण्डका मुख्य आरोपी मध्येका एक विराटनगरमा मृत भेटिएका छन् । गत २ जुनमा खान सर नामले परिचित फैजल खानले बिहारको राजधानी पटनामा सञ्चालन गरेको खान ग्लोबल स्टडीजमा गोली चलेको थियो । सो घटनाका आरोपी मध्येका एक २४ वर्षीय भारतीय युवक प्रिन्स यादव विराटनगरमा मृत भेटिएका छन् । उनकाे एउटा अाँखामा चाेट छ । उनको मृत्यु भएपछि प्रहरीले उनीसँगै रहेका चार जनालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ ।

मोरङ प्रहरी स्रोतका अनुसार प्रिन्स यादव (प्रिन्स  आनन्द) पटनामा रहेकाे ज्ञानबिन्दु एकेडेमीका सञ्चालक रोशन आनन्दका कान्छा भाइ हुन् । दाजुभाइविरुद्ध खान सर एकेडेमीका सञ्चालक फैजल खानले जाहेरी दिएका थिए । प्रहरीकाे खाेजीमा परेपछि प्रिन्स भागेर विराटनगर  आएका थिए ।

केही दिनदेखि विराटनगर–१० स्थित शुभ होटलमा बस्दै आएका उनलाई  अचेत भएपछि शनिबार राति १०ः५५ मा उनकै साथीले न्युरो अस्पताल पुर्‍याएका थिए । न्यूरो अस्पताल प्रशासनका अनुसार अस्पताल पुर्याउँदा उनको मृत्यु भइसकेको थियो ।

मृतकको पृष्ठभूमि विवादसँग जोडिएका कारण उनको मृत्युले शंका उत्पन्न गराएको छ। प्रहरीका अनुसार मृतकको  आँखाकाे डिलमा सामान्य चाेट बाहेक अन्य कुनै चोटपटक देखिएको थियो । घटना शंकास्पद देखिएपछि प्रहरीले उनीसँगै रहेका बिहारको सहरसाका २५ वर्षीय अंकितकुमार यादव, २७ वर्षीय रोशन यादव, २१ वर्षीय लटु यादव र ३० वर्षीय जयराम यादवलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको हो ।

माेरङ प्रहरी प्रमुख कबित कटवालका अनुसार यादव जेठ २० गते साथीहरूसँग विराटनगर  आएकाे देखिन्छ । सुरुमा मेट्राे हाेटलमा २ दिन बसेका उनी त्यसपछि शुभ हाेटलमा सरेका थिए । यादवको मृत्युको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । शवको पोस्टमार्टम गरी परिवारलाई जिम्मा लगाइएको बताउँदै प्रहरी उपरीक्षक कटवालले विस्तृत अनुसन्धान भइरहेकाे बताए ।

भारतीय सञ्चार माध्ययमका अनुसार कुनै समय खान सरले परिचित फैजल खान र प्रिन्सका दाजु रोशन आनन्दसँगै अध्यापन गराउँथे । कोरोना महामारीको समयमा कोचिङ सेन्टर सुरु गरेपछि उनीहरुबीच टकराव सुरु भएको थियो । गत जुन २ मा भने ज्ञानबिन्दु कोचिङ सेन्टरका सञ्चालक रोशन आनन्दको समूहले खान सरको सेन्टरमा आक्रमण गरेको आरोप छ । सो घटनामा खान ग्लोबल स्टडीजका सुरक्षाकर्मीले पनि गोली चलाएको देखिएको थियो । यो घटनामा बिहार प्रहरीले फैजल खानलाई पनि पक्राउ गर्न खोजेको थियो । तर,उनको गिरफरतारीमा अदालतले रोक लगायो । ज्ञानबिन्दु कोचिङ सेन्टरका सञ्चालक रोशन आनन्द भने प्रहरी हिरासतमै छन् ।

प्रकाशित मिति: आइतबार, ३१ जेठ, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.