कांग्रेस इतर समूहको भेला विराटनगरमा

Satya Sanchar सत्य सञ्चार

विराटनगर । नेपाली कांग्रेस इतर समूहले आज  विराटनगरमा बृहत् भेला गर्दैछ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला समूह र कृष्णप्रसाद सिटौला पक्षधरले भेला आयाेजना गर्न लागेकाे हाे ।

कोशी प्रदेशस्तरीय भेलामा १४ औं महाधिवेशनमा देउवासँग प्रतिस्पर्धामा उत्रिएका नेता कोइरालालाई प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् ।

कांग्रेस कोशी प्रदेश कार्यसमितिका महामन्त्री भुपेन्द्र राईले देउवा समूह र कोइराला समूहको संयुक्त आयोजनामा भेला हुन लागेको बताए ।

महामन्त्री राईले कोशी प्रदेशबाट दुवै समूहबीच सहकार्य सुरू हुन लागेको बताए ।

महामन्त्री राईका अनुसार विराटनगरको मनास्लु होटलमा भेला तय भएको छ । कोइरालाको प्रमुख आतिथ्यतामा हुन गइरहेको भेलामा नेताहरू कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार डा. शशांक कोइराला, डा. मिनेन्द्र रिजाल, बलबहादुर केसी, एनपी साउद प्रमुख वक्ता रहेका छन् ।

प्रकाशित मिति: आइतबार, ३१ जेठ, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
जीवन विकास अस्पतालमा गढी र रतुवामाईका बासिन्दाले सहुलियत दरमा उपचार पाउने
गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु
© 2024 Satyasanchar. All Rights Reserved.