रास्वपा काेशीकाे सभापतिमा राई निर्वाचित

Satya Sanchar सत्य सञ्चार

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी कोशी प्रदेशको सभापतिमा चन्द्रबहादुर राई निर्वाचित भएका छन् ।

मोरङको विराट चोकमा जारी पहिलो प्रदेश अधिवेशनबाट मोरङका राई  सभापतिमा निर्वाचित भएका हुन् । उनले २८० मत प्राप्त गरे । प्रदेश सभापतिको उम्मेदवार गोमा तामाङ सरिनले  १४१ मत प्राप्त गरिन् । सभापतिका उम्मेदवार चन्द्रकुमार गौली निरजले २७ र डाक्टर खगेन्द्र कटुवालले ४१ मत प्राप्त गरेका छन् ।

प्रदेश अधिवेशनमा राईको पक्षमा केन्द्रीय तहका नेता र सांसदले प्यानल बनाएर लिष्ट बाडेका थिए । लिष्ट बाडेपछि सभापतिको उम्मेदवार तामाङले विरोध जनाएकी थिइन् ।

प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट पराजित तामाङ रास्वपाको प्रदेशको कार्यवहाक सभापति थिइन् । सभापतिमा पराजित भएपछि उनले राजनीतिबाट बिट मारेको घोषणा गरेकी छन् ।

उनले लेखेकी छन्, ‘आजबाट राजनीतिक बिट मारे। मतदाता सम्पुर्ण साथीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु ।’

रास्वपाको आन्तरिक लोकतन्त्रमा तामाङ सभापति पदको बलियो दाबेदारका रूपमा हेरिएकी थिइन् । तर, पराजित भएपछि उनले राजनीतिक बिट मारेको घोषणा गरिन् ।

प्रकाशित मिति: बिहिबार, २८ जेठ, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
जीवन विकास अस्पतालमा गढी र रतुवामाईका बासिन्दाले सहुलियत दरमा उपचार पाउने
गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु
© 2024 Satyasanchar. All Rights Reserved.