रास्वपा काेशीकाे सभापतिमा राई निर्वाचित

Satya Sanchar सत्य सञ्चार

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी कोशी प्रदेशको सभापतिमा चन्द्रबहादुर राई निर्वाचित भएका छन् ।

मोरङको विराट चोकमा जारी पहिलो प्रदेश अधिवेशनबाट मोरङका राई  सभापतिमा निर्वाचित भएका हुन् । उनले २८० मत प्राप्त गरे । प्रदेश सभापतिको उम्मेदवार गोमा तामाङ सरिनले  १४१ मत प्राप्त गरिन् । सभापतिका उम्मेदवार चन्द्रकुमार गौली निरजले २७ र डाक्टर खगेन्द्र कटुवालले ४१ मत प्राप्त गरेका छन् ।

प्रदेश अधिवेशनमा राईको पक्षमा केन्द्रीय तहका नेता र सांसदले प्यानल बनाएर लिष्ट बाडेका थिए । लिष्ट बाडेपछि सभापतिको उम्मेदवार तामाङले विरोध जनाएकी थिइन् ।

प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट पराजित तामाङ रास्वपाको प्रदेशको कार्यवहाक सभापति थिइन् । सभापतिमा पराजित भएपछि उनले राजनीतिबाट बिट मारेको घोषणा गरेकी छन् ।

उनले लेखेकी छन्, ‘आजबाट राजनीतिक बिट मारे। मतदाता सम्पुर्ण साथीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु ।’

रास्वपाको आन्तरिक लोकतन्त्रमा तामाङ सभापति पदको बलियो दाबेदारका रूपमा हेरिएकी थिइन् । तर, पराजित भएपछि उनले राजनीतिक बिट मारेको घोषणा गरिन् ।

प्रकाशित मिति: बिहिबार, २८ जेठ, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.