विराटनगर । विराटनगर विमानस्थल भित्र सञ्चालित होटल तथा क्याफेहरूले यात्रीसँग अत्यधिक मूल्य असुलेको पाइएपछि प्रशासनले जरिवाना गरेको छ ।
मंगलबार जिल्ला प्रशासन कार्यालय मोरङको नेतृत्वमा गरिएको आकस्मिक अनुगमनका क्रममा उपभोक्ता ठगी गर्ने चारवटा व्यवसायलाई कुल १२ लाख रुपैयाँ जरिबाना गरिएको हो ।
विमानस्थलमा खाजा र पेय पदार्थको मनपरी मूल्य लिने गरेको जनगुनासो बढेपछि सहायक प्रमुख जिल्ला अधिकारी सरोजराज कोइरालाको नेतृत्वमा संयुक्त अनुगमन टोली पुगेको थियो । अनुगमनका क्रममा व्यवसायीहरूले यात्रीको बाध्यताको फाइदा उठाउँदै सामानको मूल्य दोब्बरभन्दा बढी लिने गरेको तथ्य फेला परेको हो ।
१०० रुपैयाँ पर्ने डेरी मिल्क चकलेटलाई २०० रुपैयाँमा बिक्री गरेको ममता होटल, ५० रुपैयाँ पर्ने कोकाकोलाको बोतल १६० रुपैयाँमा बिक्री गरी बिल काट्ने ग्यालेक्सी क्याफे एण्ड होटल, ५० रुपैयाँ पर्ने कोकाकोला ८० रुपैयाँमा बिक्री गर्ने गरिमा क्याफे, ८ रुपैयाँ पर्ने, चकलेटलाई १७ रुपैयाँ ६९ पैसामा बिक्री गरेको भेटिएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम प्रत्येक होटललाई ३–३ लाख रुपैयाँका दरले तत्कालै जरिबाना गरिएको छ ।
सहायक प्रजिअ कोइरालाका अनुसार विमानस्थल जस्तो संवेदनशील ठाउँमा विकल्पको अभावमा रहेका यात्रीहरूबाट अस्वाभाविक मूल्य असुल्नु कानुनी अपराध हो । अनुगमन टोलीमा वाणिज्य कार्यालयका प्रतिनिधि, प्रहरी र उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधिहरूको सहभागिता थियो । मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले यो कारबाहीले बजारमा गलत काम गर्नेहरूलाई कडा सन्देश दिएको बताए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (1,922)
जीवन विकासले बोलायो साधारणसभा (1,889)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (1,857)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (1,816)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (1,743)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (1,640)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,095)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,079)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (840)