प्रधानमन्त्रीकाे सचिवालयले भन्यो,´आइतबारको बिदा खारेज गर्ने तयारी छैन’

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नेपाल सरकारले आइतबारको बिदा हटाउने तयारी नभएको बताएको छ ।  दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिँदै आएकोमा आइतबारको बिदा खारेज गर्न लागेको भन्ने चर्चा चलेपछि प्रधानमन्त्रीको सचिवालयले त्यस्तो तयारी नभएको बताएको हाे ।

हप्तामा दुई दिन सार्वजनिक बिदा दिँदै आएकामा आइतबारको बिदा खारेज गर्ने तयारी गरेको चर्चा सामाजिक सञ्जालमा आएपछि प्रधानमन्त्रीको सचिवालयले त्यसको खण्डन गरेको हो।

प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुुसन्धान विज्ञ दीपा दाहालले आइतबारको बिदा खारेज गरिएको भनेर आएको समाचार सत्य नभएको बताइन् । उनले भनिन्, ‘यस विषयमा सरकारले कुनै निर्णय गरेको छैन र अहिलेका लागि यस सम्बन्धमा कुनै तयारी पनि छैन।’

यसअघि पश्चिम एसियाको समस्याका कारण इन्धनमा भएको निरन्तरको मूल्यवृद्धि लगायतले जनजीवनमा सहज होस् भन्दै सरकारले चैत २२ हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको थियोे ।

प्रकाशित मिति: आइतबार, २४ जेठ, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.