सीमा विवादमा प्रधानमन्त्रीकाे अभिव्यक्ति परराष्ट्रमन्त्रीले सच्याए

Satya Sanchar सत्य सञ्चार

काठमाडाैं । भारतको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल-भारत सीमा विवादमा बेलायतको मध्यस्थता नखोजिएको प्रस्ट पारेका छन् ।

प्रधानमन्त्री बालेन शाहले केही दिनअघि संसदमा ‘सीमा विवादबारे बेलायत सरकारले पनि सरोकार राख्नुपर्ने र यसबारे कुरा भइरहेको’ भनी दिएको अभिव्यक्तिको कूटनीतिक वृत्तमा चर्चा भएपछि मन्त्री खनालले त्यसलाई सच्याएका हुन् ।

नयाँदिल्लीमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खनालले नेपालले तेस्रो पक्षको मध्यस्थता नभई ऐतिहासिक प्रमाणका लागि मात्र बेलायतसँग समन्वय गर्न खोजेको बताए । ‘हामी मध्यस्थताको खोजीमा छैनौं,’ उनले भने,’१८१६ को सुगौली सन्धि र त्यसताकाका आधिकारिक नक्सा तथा दस्ताबेजहरू बेलायतको पुस्तकालय र म्युजियमहरूमा सुरक्षित रहेकाले ती प्रमाण जुटाउन मात्र कोसिस गरिरहेका हौं ।’

लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नेपाली भूभागका विषयमा नेपालको अडान स्पष्ट रहेको उल्लेख गर्दै खनालले यो समस्या भारतसँगको द्विपक्षीय कूटनीतिक संवाद र ‘टेबल टक’ बाटै समाधान गरिने बताए । भारतले सन् १८५० पछि फेरबदल गरिएका नक्सालाई आधार मान्दै आएको सन्दर्भमा, नेपालले सुगौली सन्धिका बेलाका सक्कल नक्सा र पत्राचारका आधारमा आफ्नो दाबी बलियो बनाउन खोजेको परराष्ट्र मन्त्रालयको भनाइ छ ।

प्रकाशित मिति: आइतबार, २४ जेठ, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.