रास्वपा सुनसरीको सभापतिमा सागर दाहाल निर्वाचित

Satya Sanchar सत्य सञ्चार

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुनसरीको सभापतिमा सागर दाहाल निर्वाचित भएका छन् । शनिबार भएको प्रथम जिल्ला अधिवेशनबाट दाहाल सभापतिमा निर्वाचित भएका हुन् ।

सभापति पदका लागि भएको निर्वाचनमा दाहालले १४२ मत प्राप्त गरे । उनका प्रतिस्पर्धीहरू कृष्ण रौनियारले ७४ मत, मोहन निरौलाले ६२ मत र चक्र विष्टले १० मत प्राप्त गरे ।

उपसभापतिमा राजेशमान श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले १९७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी देवीका भण्डारीले ७४ मत प्राप्त गरिन् ।

जिल्ला कार्यसमितिको सचिवमा राजारामकुमार मेहता र सहसचिवमा योगेन्द्र गिरी निर्विरोध निर्वाचित भएका थिए । सदस्यहरूमा लक्ष्मी सुवेदी, राजकुमारी मेहता, धरमवीर आर्य, रेणुका हरिजन र गोकुल थापा निर्वाचित भएका छन् ।

प्रकाशित मिति: आइतबार, २४ जेठ, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
जीवन विकास अस्पतालमा गढी र रतुवामाईका बासिन्दाले सहुलियत दरमा उपचार पाउने
गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु
© 2024 Satyasanchar. All Rights Reserved.