पत्नी हत्या आराेपमा नेपाली ब्राे पक्राउ

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–६ लोलाङ पैँयुटारमा घरायसी विवादका क्रममा फलामको रड प्रहार गरेर पत्नीको हत्या गरेको आरोपमा टिकटकर ‘नेपाली ब्रो’ भनिने कुमार थापा पक्राउ परेका छन् ।

प्रहरीका अनुसार ४२ वर्षीय थापाले आफ्नी ४२ वर्षीया श्रीमती ईश्वरी भुजेलमाथि शुक्रबार राति करिब १०ः१० बजेतिर फलामको रडले प्रहार गरेका थिए । गम्भीर घाइते भएकी भुजेललाई उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्ज लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनापछि थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई हाल प्रहरी वृत्त बालाजुमा राखिएको छ । उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने प्रहरीको तयारी छ । प्रहरीले घटनाको कारण तथा पारिवारिक विवादका बारेमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति: शनिबार, २३ जेठ, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
जीवन विकास अस्पतालमा गढी र रतुवामाईका बासिन्दाले सहुलियत दरमा उपचार पाउने
गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु
© 2024 Satyasanchar. All Rights Reserved.