काेशी प्रदेशमा मन्त्रीसँग भनाभन भएपछि सचिवको काज सरुवा

Satya Sanchar सत्य सञ्चार

विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणी पराजुलीसँग कार्यकक्षमै भनाभन भएपछि मन्त्रालयका सचिव आस्मान तामाङको सरुवा भएको छ । शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले सचिव तामाङलाई प्रदेश लोक सेवा आयोगमा काज सरुवा गर्ने निर्णय गरेको हो ।

तामाङको ठाउँमा सहसचिव कृष्णप्रसाद सापकोटालाई मन्त्रालयको जिम्मेवारी दिइएको छ । नयाँ सचिव सापकोटाले शुक्रबार नै मन्त्रालयमा हाजिर भई कार्यभार सम्हालेका छन् । मन्त्री पराजुलीले उनलाई स्वागत समेत गरेका छन् ।

मन्त्रालय स्रोतका अनुसार मन्त्री पराजुली र सचिव तामाङबीच केही समयदेखि सम्बन्ध सुमधुर थिएन । तर, गत सोमबार दुईबीचको तिक्तता उत्कर्षमा पुग्याे । मन्त्रीको कार्यकक्षमै भएको भनाभनका क्रममा मन्त्री पराजुलीले सरकार र मन्त्रीभन्दा कर्मचारी बढी शक्तिशाली भएको आशयको टिप्पणी गरेका थिए ।

मन्त्रीको भनाइको प्रतिवाद गर्दै सचिव तामाङले सरकारको अस्थिरतामाथि कटाक्ष गरेका थिए । उनले सरकार भरे हो कि भोलि हो भन्ने निश्चित छैन, यस्तो बेला अरु के हुन्छ ? भन्दै जवाफ दिएका थिए । मन्त्रीसँगको विवादपछि उनी कार्यकक्षबाट बाहिरिएका थिए । उक्त घटनाका बेला नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्का मन्त्रीकै कार्यकक्षमा उपस्थित थिए । उनी पत्रकारहरूको बीमा लगायतका विषयमा छलफल गर्न त्यहाँ पुगेका थिए । कार्यकक्षबाट निस्किएपछि पनि मन्त्री र सचिवबीच फोनमा समेत भनाभन भएको स्राेतकाे दाबी छ ।

त्यस लगत्तै सचिव तामाङ उपसचिव अर्जुन निरौलालाई आर्थिक कारोबार बाहेकका प्रशासनिक जिम्मेवारी सुम्पिएर बिदामा बसेका थिए । सोही विवादको शृङ्खला उनको सरुवामा पुगेर टुङ्गिएको हो ।

शुक्रबारको मन्त्रिपरिषद् बैठकले सचिव सरुवाबाहेक अन्य महत्वपूर्ण निर्णयहरू पनि गरेको छ । बैठकले महालेखा परीक्षकको आठौँ वार्षिक प्रतिवेदन २०८० लाई कोशी प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गरेको छ । यस्तै, प्रदेश सरकारले बहुवर्षीय आयोजनाहरूको स्रोत सहमति सम्बन्धी मापदण्डलाई समेत स्वीकृतिको प्रक्रियामा अगाडि बढाउने निर्णय गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, २२ जेठ, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
जीवन विकास अस्पतालमा गढी र रतुवामाईका बासिन्दाले सहुलियत दरमा उपचार पाउने
गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु
© 2024 Satyasanchar. All Rights Reserved.