विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणी पराजुलीसँग कार्यकक्षमै भनाभन भएपछि मन्त्रालयका सचिव आस्मान तामाङको सरुवा भएको छ । शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले सचिव तामाङलाई प्रदेश लोक सेवा आयोगमा काज सरुवा गर्ने निर्णय गरेको हो ।
तामाङको ठाउँमा सहसचिव कृष्णप्रसाद सापकोटालाई मन्त्रालयको जिम्मेवारी दिइएको छ । नयाँ सचिव सापकोटाले शुक्रबार नै मन्त्रालयमा हाजिर भई कार्यभार सम्हालेका छन् । मन्त्री पराजुलीले उनलाई स्वागत समेत गरेका छन् ।
मन्त्रालय स्रोतका अनुसार मन्त्री पराजुली र सचिव तामाङबीच केही समयदेखि सम्बन्ध सुमधुर थिएन । तर, गत सोमबार दुईबीचको तिक्तता उत्कर्षमा पुग्याे । मन्त्रीको कार्यकक्षमै भएको भनाभनका क्रममा मन्त्री पराजुलीले सरकार र मन्त्रीभन्दा कर्मचारी बढी शक्तिशाली भएको आशयको टिप्पणी गरेका थिए ।
मन्त्रीको भनाइको प्रतिवाद गर्दै सचिव तामाङले सरकारको अस्थिरतामाथि कटाक्ष गरेका थिए । उनले सरकार भरे हो कि भोलि हो भन्ने निश्चित छैन, यस्तो बेला अरु के हुन्छ ? भन्दै जवाफ दिएका थिए । मन्त्रीसँगको विवादपछि उनी कार्यकक्षबाट बाहिरिएका थिए । उक्त घटनाका बेला नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्का मन्त्रीकै कार्यकक्षमा उपस्थित थिए । उनी पत्रकारहरूको बीमा लगायतका विषयमा छलफल गर्न त्यहाँ पुगेका थिए । कार्यकक्षबाट निस्किएपछि पनि मन्त्री र सचिवबीच फोनमा समेत भनाभन भएको स्राेतकाे दाबी छ ।
त्यस लगत्तै सचिव तामाङ उपसचिव अर्जुन निरौलालाई आर्थिक कारोबार बाहेकका प्रशासनिक जिम्मेवारी सुम्पिएर बिदामा बसेका थिए । सोही विवादको शृङ्खला उनको सरुवामा पुगेर टुङ्गिएको हो ।
शुक्रबारको मन्त्रिपरिषद् बैठकले सचिव सरुवाबाहेक अन्य महत्वपूर्ण निर्णयहरू पनि गरेको छ । बैठकले महालेखा परीक्षकको आठौँ वार्षिक प्रतिवेदन २०८० लाई कोशी प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गरेको छ । यस्तै, प्रदेश सरकारले बहुवर्षीय आयोजनाहरूको स्रोत सहमति सम्बन्धी मापदण्डलाई समेत स्वीकृतिको प्रक्रियामा अगाडि बढाउने निर्णय गरेको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (1,847)
जीवन विकासले बोलायो साधारणसभा (1,821)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (1,775)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (1,735)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (1,672)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (1,570)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,029)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (999)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (806)