टी-२० आईमा कुशल भुर्तेलकाे लगातार दोस्रो शतक

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नेपाली क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले टी-२०आईमा लगातार दोस्रो शतक प्रहार गरेका छन् ।  एसियन गेम्स छनोटअन्तर्गत मलेसियासँगको खेलमा बिहीबार भुर्तेलले ४४ बलमा शतक प्रहार गरेका हुन् ।

भुर्तेल ५४ बलमा १२६ रन बनाएर आउट भएका छन् । उनले १४ चौका र ८ छक्का प्रहार गरे । उनको करियरको यो तेस्रो शतक हो ।

भुर्तेलले यसअघि चीनसँगको खेलमा शतक प्रहार गरेका थिए । उक्त खेलमा ३५ बलमा शतक प्रहार गरेका थिए । भुर्तेल लगातार दुई टी-२०आई शतक बनाउने पहिलो नेपाली खेलाडी हुन् । यस्तै समग्रमा विश्वको १०औं खेलाडी हुन् ।

भुर्तेलले सन् २०२२ मा फिलिपिन्स विरुद्ध करियरको पहिलो शतक प्रहार गरेका थिए ।

प्रकाशित मिति: बिहिबार, २१ जेठ, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
जीवन विकास अस्पतालमा गढी र रतुवामाईका बासिन्दाले सहुलियत दरमा उपचार पाउने
गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु
© 2024 Satyasanchar. All Rights Reserved.