रवि लामिछानेपछि परराष्ट्रमन्त्री भारत भ्रमणमा जाने तयारी

Satya Sanchar सत्य सञ्चार

काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भारत भ्रमण पूरा गरी स्वदेश फर्किएपछि परराष्ट्रमन्त्री शिशिर खनाल भारत भ्रमणमा जाने भएका छन् ।

उनको भारत भ्रमणको तयारी अघि बढाइएको छ ।भ्रमणको मिति अझै निश्चित भएकाे छैन ।

पूर्वउपप्रधान एवं पूर्वगृहमन्त्री तथा रास्वपा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँदिल्लीमा भएको भेटपछि नेपाल–भारत सम्बन्धका विभिन्न विषयलाई प्राथमिकताका आधारमा अघि बढाउने सहमति बनेको बताइएको छ ।

उक्त भेटमा सहभागी रास्वपा सांसद दीपक बोहोराका अनुसार दुवै पक्षले ऊर्जा, पूर्वाधार, विमानस्थल तथा सीमा व्यवस्थापनलगायतका विषयमा विस्तृत छलफल गर्न ‘सूची’ बनाएर काम अघि बढाउने धारणा राखेका छन् ।

बोहोराले भारतीय प्रधानमन्त्री मोदीले नेपालसँगका अधुरा परियोजना र सहकार्यका विषयलाई उच्च प्राथमिकतामा राख्दै समयसीमा तोकेर काम गर्नुपर्ने सुझाव दिएको दाबी गरेका छन् । भारतीय विदेशमन्त्री एस जयशंकरसँगको छलफलमा पनि यिनै विषयहरू उठाइएको बताइएको छ ।

परराष्ट्रमन्त्री खनालको आसन्न भारत भ्रमणमा दुई देशबीचका पुराना सहकार्यका विषय, रोकिएका परियोजना र नयाँ सम्भावित सहकार्यका क्षेत्रहरू मुख्य एजेन्डा बन्ने अपेक्षा गरिएको छ । विशेषगरी ऊर्जा उत्पादन, सीमा समस्या समाधान र पूर्वाधार विकासमा केन्द्रित छलफल हुने बताइएको छ ।सभापति लामिछाने जेठ २२ गते स्वदेश फर्किएलगत्तै मन्त्री खनालको भ्रमणको मिति औपचारिक रूपमा तय गरिने भएको छ ।

प्रकाशित मिति: बिहिबार, २१ जेठ, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.