माेदीसँगकाे भेटपछि रवि : ‘ विकास कुटनीतिलाई अघि बढाउँछाै‌’

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाले नयाँ विकास कुटनीति अघि बढाउने बताएका छन् । नेपाल र भारतबीच विगतका अप्ठ्याराहरूलाई नाघेर नयाँ विकास कूटनीतिको युगलाई अगाडि बढाउने विषयमा गहन छलफल भएको बताएका हुन् ।

भारतीय प्रधानमन्त्री मोदीसँग झन्डै एक घण्टा लामो फलदायी संवाद भएको उनले उल्लेख गरेका छन् ।

‘हामीले साझा सभ्यतागत सम्बन्ध, डिजिटल कोरिडोर र सहज कनेक्टिभिटीमा केन्द्रित भएर मात्र प्रगति र आपसी विश्वासले परिभाषित गर्ने साझेदारीको वास्तविक निर्माण गर्न सक्छौँ । राष्ट्रिय स्वतन्त्र पार्टी र भारतका जनताका लागि हाम्रो साझा समृद्धिका लाग यी सम्भावनाहरूलाई यथार्थमा रूपान्तरण गर्न तत्पर छ,’ रविले लेखेका छन् ।

प्रकाशित मिति: बुधबार, २० जेठ, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
जीवन विकास अस्पतालमा गढी र रतुवामाईका बासिन्दाले सहुलियत दरमा उपचार पाउने
गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु
© 2024 Satyasanchar. All Rights Reserved.