रोमानिया पठाइदिने भन्दै ठगी गरेकाे आराेपमा माेरङबाट दुई जना पक्राउ

Satya Sanchar सत्य सञ्चार

विराटनगर ।वैदेशिक रोजगारीका लागि रोमानिया पठाइदिने भनेर सर्वसाधारणलाई ठगी गरेको आरोपमा मोरङबाट मेनपावर सञ्चालक पक्राउ परेका छन् ।

मोरङको रतुवामाई नगरपालिका–८ घर भएका ३७ वर्षीय उद्धव पाठकलाई पक्राउ गरेकाे हाे । मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार पाठकले रतुवामाई–८ दाम्राभिट्टामा के एस ए नामक म्यानपावर सञ्चालन गरिरहेका थिए ।

पाठकसँगै म्यानपावरका लेखापाल रतुवामाई–९ का अन्दाजी २५ वर्षीय अभि भण्डारीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

पाठक र भण्डारीविरुद्ध ठगी मुद्दा चलाउन मंगलबार अदालतबाट ६ दिनको म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको एसपी कटवालले दिए ।

‘रोमानिया भन्ने देश पठाउने प्रलोभन देखाएर धेरै सर्वसाधारणसँग लाखौं रूपैयाँ पैसा असुलेको पाइयो । ३–४ वर्षदेखि पैसा लिएर अहिलेसम्म फिर्ता नगरेको पाइयो,’ एसपी कटवालले भने । पाठकलाई लामो समयदेखि प्रहरीले खोजी गरिरहेको थियो ।

प्रहरीका अनुसार उनीविरुद्ध इलाका प्रहरी कार्यालय सिजुवा र उर्लाबारी तथा जिल्ला प्रहरी कार्यालय मोरङसहित काठमाडौंमा पनि किटानी जाहेरी परेको पाइएको छ । रोमानियामै बस्दै आएका कारण पाठक पक्राउ परेका थिएनन् । उनी केही समयअघि मात्रै नेपाल आएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, २० जेठ, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
जीवन विकास अस्पतालमा गढी र रतुवामाईका बासिन्दाले सहुलियत दरमा उपचार पाउने
गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु
© 2024 Satyasanchar. All Rights Reserved.