विराटनगर ।वैदेशिक रोजगारीका लागि रोमानिया पठाइदिने भनेर सर्वसाधारणलाई ठगी गरेको आरोपमा मोरङबाट मेनपावर सञ्चालक पक्राउ परेका छन् ।
मोरङको रतुवामाई नगरपालिका–८ घर भएका ३७ वर्षीय उद्धव पाठकलाई पक्राउ गरेकाे हाे । मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार पाठकले रतुवामाई–८ दाम्राभिट्टामा के एस ए नामक म्यानपावर सञ्चालन गरिरहेका थिए ।
पाठकसँगै म्यानपावरका लेखापाल रतुवामाई–९ का अन्दाजी २५ वर्षीय अभि भण्डारीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
पाठक र भण्डारीविरुद्ध ठगी मुद्दा चलाउन मंगलबार अदालतबाट ६ दिनको म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको एसपी कटवालले दिए ।
‘रोमानिया भन्ने देश पठाउने प्रलोभन देखाएर धेरै सर्वसाधारणसँग लाखौं रूपैयाँ पैसा असुलेको पाइयो । ३–४ वर्षदेखि पैसा लिएर अहिलेसम्म फिर्ता नगरेको पाइयो,’ एसपी कटवालले भने । पाठकलाई लामो समयदेखि प्रहरीले खोजी गरिरहेको थियो ।
प्रहरीका अनुसार उनीविरुद्ध इलाका प्रहरी कार्यालय सिजुवा र उर्लाबारी तथा जिल्ला प्रहरी कार्यालय मोरङसहित काठमाडौंमा पनि किटानी जाहेरी परेको पाइएको छ । रोमानियामै बस्दै आएका कारण पाठक पक्राउ परेका थिएनन् । उनी केही समयअघि मात्रै नेपाल आएको प्रहरीले जनाएको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (1,988)
जीवन विकासले बोलायो साधारणसभा (1,966)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (1,926)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (1,890)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (1,809)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (1,711)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,164)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,149)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (878)