माैसम : वर्षाकाे सम्भावना कम, तराईमा गर्मी बढ्याे

Satya Sanchar सत्य सञ्चार

काठमाडौं ।  जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका केही स्थानमा वर्षा हुनेछ, तराईका धेरै स्थानमा गर्मी हुनेछ ।

वर्षा कम भएसँगै तराईका धेरै स्थानमा गर्मी बढेकाे छ । विभागका अनुसार हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायुको प्रभाव छ ।

विभागले दिउँसो देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने बताएको छ । तराई भूभागमा आंशिक बादल लाग्नेछ ।

देशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

मधेस प्रदेशमा तथा कोशी प्रदेशको तराईमा तातो दिन हुने पूर्वानुमान छ ।

विभागका अनुसार राति देशको हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । तराई भूभागमा मुख्यतया सफा रहनेछ ।

कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागलगायत वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको  हिमाली भूभागका एकदुई स्थानमा  हल्का वर्षा/हिमपातको सम्भावना छ ।

मौसमविद् विनोद पोखरेल मनसुन भित्रने समय अझै अनिश्चित रहेको बताउँछन् । पश्चिमी वायु कमजोर रहेकाले केही दिन देशका धेरै स्थानमा वर्षा नहुने उनको भनाइ छ ।

नेपालमा मनसुन भित्रिने औसत मिति जुन १३ हो । तर, यो औसत मिति भएकाले यो भन्दाअगाडि वा पछाडि पनि मनसुन भित्रिने सम्भावना रहन्छ ।

प्रकाशित मिति: मङ्गलबार, १९ जेठ, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.