‘पिर्के सलामी’ले विवादमा मोरङकी सांसद आशा झा

Satya Sanchar सत्य सञ्चार

विराटनगर । मोरङ क्षेत्र नम्बर ५ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशा झा ‘पिर्के सलामी’का कारण विवादमा तानिएकी छन् ।

मोरङको रंगेलीस्थित इलाका प्रहरी कार्यालयको निरीक्षणका क्रममा उनले रातो कपडा बिछ्याइएको पिर्कामा उभिएर प्रहरीको सलामी ग्रहण गरेपछि विवादमा तानिएकी हुन् ।

सामाजिक सञ्जालमा उनको तीव्र आलोचना भइरहेको छ । सादगी र वैकल्पिक राजनीतिको नारा दिने रास्वपाका सांसदले पुरानै ‘भीआईपी’ शैली अपनाएको भन्दै सामाजिक सञ्जालमा उनकाे आलाेचना भइरहेकाे हाे ।

विवादबारे सांसद झाले आफूले सलामी नमागेको बताएकी छन् । झाले आफूले सलामी दिन आग्रह नगरेको र प्रहरीले सम्मान दिँदा अस्वीकार गर्नु पनि उचित नहुने बताइन् ।

मोरङ प्रहरीले  सलामीकाे सामान्य औपचारिक सम्मान मात्रै भएको बताएको छ ।

प्रकाशित मिति: सोमबार, १८ जेठ, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
जीवन विकास अस्पतालमा गढी र रतुवामाईका बासिन्दाले सहुलियत दरमा उपचार पाउने
गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु
© 2024 Satyasanchar. All Rights Reserved.