वित्तीय संकट चुलिएपछि निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा राेकियाे

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले आगामी जेठ १६ गतेदेखि निजी स्वास्थ्य संस्थाहरूबाट प्रदान गरिँदै आएका स्वास्थ्य बीमाका सेवा स्थगित गर्ने निर्णय गरेको छ । बोर्डमा बढ्दो वित्तीय संकटका कारण आकश्मिक बाहेकका सेवा राेक्ने निर्णय गरेकाे हाे ।

बोर्डकी निमित्त कार्यकारी निर्देशक सकुन्तला प्रजापतिका अनुसार, गत जेठ ११ गते बसेको बोर्ड बैठकले निजी अस्पतालहरूमा आकस्मिक बाहेकका अन्य सबै बीमा सुविधाहरू अर्को निर्णय नभएसम्मका लागि बन्द गरिएकाे हाे ।

नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध देशभरका निजी स्वास्थ्य संस्थाहरूले अब जेठ १६ गतेदेखि आकस्मिक सेवा मात्र उपलब्ध गराउने छन् । अन्य नियमित उपचार, स्वास्थ्य जाँच र बीमाअन्तर्गतका सुविधाहरू अर्को सूचना जारी नभएसम्मका लागि पूर्ण रूपमा स्थगित हुनेछन् । “स्वास्थ्य बीमा बोर्डको हालको आर्थिक अवस्था र बढ्दो वित्तीय संकटलाई मध्यनजर गर्दै यो निर्णय लिनुपरेको हो,” बोर्डद्वारा जारी सूचनामा भनिएको छ ।

Screenshot

प्रकाशित मिति: बुधबार, १३ जेठ, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.