वित्तीय संकट चुलिएपछि निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा राेकियाे

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले आगामी जेठ १६ गतेदेखि निजी स्वास्थ्य संस्थाहरूबाट प्रदान गरिँदै आएका स्वास्थ्य बीमाका सेवा स्थगित गर्ने निर्णय गरेको छ । बोर्डमा बढ्दो वित्तीय संकटका कारण आकश्मिक बाहेकका सेवा राेक्ने निर्णय गरेकाे हाे ।

बोर्डकी निमित्त कार्यकारी निर्देशक सकुन्तला प्रजापतिका अनुसार, गत जेठ ११ गते बसेको बोर्ड बैठकले निजी अस्पतालहरूमा आकस्मिक बाहेकका अन्य सबै बीमा सुविधाहरू अर्को निर्णय नभएसम्मका लागि बन्द गरिएकाे हाे ।

नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध देशभरका निजी स्वास्थ्य संस्थाहरूले अब जेठ १६ गतेदेखि आकस्मिक सेवा मात्र उपलब्ध गराउने छन् । अन्य नियमित उपचार, स्वास्थ्य जाँच र बीमाअन्तर्गतका सुविधाहरू अर्को सूचना जारी नभएसम्मका लागि पूर्ण रूपमा स्थगित हुनेछन् । “स्वास्थ्य बीमा बोर्डको हालको आर्थिक अवस्था र बढ्दो वित्तीय संकटलाई मध्यनजर गर्दै यो निर्णय लिनुपरेको हो,” बोर्डद्वारा जारी सूचनामा भनिएको छ ।

Screenshot

प्रकाशित मिति: बुधबार, १३ जेठ, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
जीवन विकास अस्पतालमा गढी र रतुवामाईका बासिन्दाले सहुलियत दरमा उपचार पाउने
गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु
© 2024 Satyasanchar. All Rights Reserved.