विश्वकप लिग २: अमेरिकामाथि नेपालकाे सानदार जित

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । विश्वकप क्रिकेट लिग-२ मा नेपालले अमेरिकामाथि सानदार जित निकालेकाे छ।  लिग २ अन्तर्गत नेपाल, अमेरिका र स्कटल्याण्ड सम्मिलित श्रृंखलाको अन्तिम खेलमा नेपालले अमेरिकालाई १२२ रनको फराकिलो अन्तरले हराएको हाे ।

शुक्रबार टियु क्रिकेट  ग्राउन्डमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३१७  रन बनाएको थियो। ३१८ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा  उत्रिएको अमेरिका ४१.२ ओभरमा अलआउट हुँदै १९५ रनमा समेटियो ।

अमेरिका लागि सञ्जय कृष्णमूर्तिले ५६, नोस्थुश केन्जिनेले २९, शायन जाहाँगिरले २७, शेहन जयसूर्याले २६, साइतेजा मुक्कमल्लाले २२, मिलन्द कुमारले १२ र सौरभ नेत्रवाल्करले १० रन बनाए ।

बलिङतर्फ नेपालका सन्दिप लामिछानेले ३, दीपेन्द्र सिंह ऐरी, ललित राजवंशी र गुल्सन झाले २–२ तथा सोमपाल कामीले एक विकेट लिए।

पहिले ब्याटिङ गरेको नेपालका लागि इशान पाण्डे र दीपेन्द्र सिंह ऐरीले अर्धशतकीय इनिङ्स खेले । इशानले ८३ बलमा ८ चौका र १ छक्काको सहयोगमा ८४ रन बनाए । उनले तेस्रो विकेटका लागि कप्तान रोहित पौडेलसँग १ सय १० रनको शतकीय साझेदारी गरे । पौडेल ४६ रनमा एलबिडब्लु आउट भएका थिए ।  ओपनर कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि ६९ रनको साझेदारी गरे । भुर्तेल ३९ बलमा ५ चौका प्रहार गर्दै २९ रनमा आउट हुँदा आसिफ शेखले ५७ बलमा ६ चौका प्रहार गर्दै ४३ रन बनाए।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ३६ बलमा समान ४ चौका छक्का प्रहार गर्दै ५९ रन बनाए । गुल्सन झाले १५ रन बनाए भने आरिफ शेख १८ रनमा अविजित रहे ।

प्रकाशित मिति: शुक्रबार, ०८ जेठ, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
जीवन विकास अस्पतालमा गढी र रतुवामाईका बासिन्दाले सहुलियत दरमा उपचार पाउने
गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु
© 2024 Satyasanchar. All Rights Reserved.