सार्वजनिक खर्चमा मितव्ययीता अपनाउन प्रधानमन्त्री कार्यालयले निर्देशन

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । अत्यावश्यक बाहेक नयाँ सामग्री खरिद नगरी सार्वजनिक खर्चमा मितव्ययीता अपनाउन प्रधानमन्त्री कार्यालयले निर्देशन दिएको छ । मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, निकाय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र सबै प्रदेशलाई सार्वजनिक खरिदमा मितव्ययीता अपनाउन परिपत्र गरेको हो ।

‘कार्यालय प्रमुखहरुले अत्यावश्यक बाहेक नयाँ सामग्रीहरु खरिद नगरी कार्यालयमा भइरहेका सामान, औजार, उपकरण, फर्निचर, सवारी साधनहरुलाई चालु अवस्थामा राखी प्रयोग गर्ने र सार्वजनिक खर्चलाई मितव्यी गर्नु गराउन हुन निर्णयानुसार अनुरोध छ ।’परिपत्रमा भनिएको छ ।

प्रयोगमा आइरहेका कुर्सी, दराज, सोफा, कार्पेट, पर्दा, गमला, कम्प्युटर, मोबाइल, ल्यापट लगायतका सामग्रीहरु प्रयोग नगरी नयाँ खरिद गर्न लगाउने र मर्मतमा अस्वाभाविक खर्च गरी राज्यकोषमा अत्यधिक भार सिर्जना गर्ने कार्य भइरहेको गुनासो आएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, ०१ जेठ, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
जीवन विकास अस्पतालमा गढी र रतुवामाईका बासिन्दाले सहुलियत दरमा उपचार पाउने
गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु
© 2024 Satyasanchar. All Rights Reserved.