काेशी प्रदेशकाे बजेट अधिवेशन आह्वान

Satya Sanchar सत्य सञ्चार

विराटनगर । कोशी प्रदेश सरकारले प्रदेशसभाको बजेट अधिवेशन आह्वान गरेको छ । बिहीबार बसेको प्रदेश मन्त्रीपरिषद् बैठकले जेठ ६ गते दिउँसो ३ बजेका लागि अधिवेशन आह्वान गरेकाे हाे । बैठक विराटनरको वीरेन्द्रसभा गृहमा बस्नेछ ।

संघीय सरकारले संसद छलेर अध्यादेश ल्याउँदा विरोध गरेका प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्कीले साेमबार मन्त्रीपरिषद् बैठकबाट प्रदेश खेलकुद ऐन पहिलो संशोधन अध्यादेश २०८३ जारी गर्ने निर्णय गराएका थिए ।

प्रदेश प्रमुखले बुधबार अध्यादेश जारी गरेका थिए ।

बिहीबार बिहान बसेको मन्त्रीपरिषद् बैठकले जेठ ६ गते बैठक आह्वान गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणी पराजुलीले जानकारी दिए । बैठकले प्रदेश योजना आयोगको सदस्यमा सुनसरी धरानकी मनिता घिमिरेलाई मनोनित गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति: बिहिबार, ३१ बैशाख, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
भाेटेकाेशी बाढी : ९०३ जनाकाे शव भेटियाे, ४ हजार २ सय अझै सम्पर्कविहीन
जीवन विकासको विशेष साधारणसभा : युनिक नेपाल र मानुषीसँगको मर्जर पारित
भोटेकोशी बाढी :मृतककाे संख्या ५०० नाघ्याे
दलगत पहिचान छाडेर राहत, उद्धार र पुर्ननिर्माणमा जुट्न रास्वपा सभापतिकाे आह्वान
© 2024 Satyasanchar. All Rights Reserved.