काेशी प्रदेशकाे बजेट अधिवेशन आह्वान

Satya Sanchar सत्य सञ्चार

विराटनगर । कोशी प्रदेश सरकारले प्रदेशसभाको बजेट अधिवेशन आह्वान गरेको छ । बिहीबार बसेको प्रदेश मन्त्रीपरिषद् बैठकले जेठ ६ गते दिउँसो ३ बजेका लागि अधिवेशन आह्वान गरेकाे हाे । बैठक विराटनरको वीरेन्द्रसभा गृहमा बस्नेछ ।

संघीय सरकारले संसद छलेर अध्यादेश ल्याउँदा विरोध गरेका प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्कीले साेमबार मन्त्रीपरिषद् बैठकबाट प्रदेश खेलकुद ऐन पहिलो संशोधन अध्यादेश २०८३ जारी गर्ने निर्णय गराएका थिए ।

प्रदेश प्रमुखले बुधबार अध्यादेश जारी गरेका थिए ।

बिहीबार बिहान बसेको मन्त्रीपरिषद् बैठकले जेठ ६ गते बैठक आह्वान गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणी पराजुलीले जानकारी दिए । बैठकले प्रदेश योजना आयोगको सदस्यमा सुनसरी धरानकी मनिता घिमिरेलाई मनोनित गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति: बिहिबार, ३१ बैशाख, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
जीवन विकास अस्पतालमा गढी र रतुवामाईका बासिन्दाले सहुलियत दरमा उपचार पाउने
गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु
© 2024 Satyasanchar. All Rights Reserved.