विराट मेडिकल अस्पतालमा यूरोकाे नयाँ वार्ड

Satya Sanchar सत्य सञ्चार

विराटनगर । विराट मेडिकल कलेज टिचिङ अस्पतालले यूरोलोजी, एन्ड्रोलोजी तथा रेनल ट्रान्सप्लान्ट सेवाका लागि छुट्टै अत्याधुनिक वार्ड सञ्चालनमा ल्याएको छ ।

अस्पतालको पाँचौं तल्लामा निर्माण गरिएको ७० बेड क्षमताको नयाँ वार्ड औपचारिक रूपमा उद्घाटन गरिएको हो । मूत्र प्रणाली, पुरुष प्रजनन स्वास्थ्य र मिर्गौला रोगसम्बन्धी बिरामीलाई एकीकृत तथा विशेषज्ञ सेवा दिने उद्देश्यले वार्ड सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ ।

नयाँ वार्डमा आधुनिक शल्यक्रिया कक्ष, अत्याधुनिक परीक्षण उपकरण तथा विशेषज्ञ चिकित्सकको टोली व्यवस्था गरिएको छ । अस्पतालका संस्थापक अध्यक्ष प्रो.डा. ज्ञानेन्द्रमान सिंह कार्की, वरिष्ठ यूरो सर्जन प्रो.डा. चन्द्रशेखर अग्रवाल, प्रो.डा. दीपककुमार ठाकुर र डा. इमरान अन्सारीले संयुक्त रूपमा वार्ड उद्घाटन गरेका थिए ।

प्रकाशित मिति: बुधबार, ३० बैशाख, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
जीवन विकास अस्पतालमा गढी र रतुवामाईका बासिन्दाले सहुलियत दरमा उपचार पाउने
गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु
© 2024 Satyasanchar. All Rights Reserved.