काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा परम्परा तोड्दै न्यायाधीश डाक्टर मनोज शर्मा नेपालको नाम सिफारिस भएको छ । संवैधानिक परिषद्को बिहीबार बसेको बैठकले ३३ औं प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस गरेको हो ।
अब संसदीय सुनुवाइ पछि उनको नियुक्ती प्रक्रिया अघि बढ्नेछ । यो सिफारिस नेपाली न्यायिक इतिहासमा फरक हो । किनकि वरिष्ठतम् न्यायाधीशलाई स्वतः प्रधानन्यायाधीश बनाउने परम्परालाई तोड्दै चौथो वरियतामा रहेका न्यायाधीशलाई सिफारिस गरिएको हो । कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल, वरिष्ठतम् न्यायाधीश कुमार रेग्मी र हरि फुयाल भन्दा पछि रहेका शर्मालाई प्रधानमन्त्री बालेन्द्र शाहले अघि सारेका हुन् । संसदीय समितिबाट अनुमोदन भए उनी ६ वर्ष प्रधानन्यायाधीश बन्नेछन् ।
तर, यसपटक चौथो क्रमका न्यायाधीशलाई सिफारिस गरिएपछि न्यायिक परम्परा र योग्यतामा आधारित छनोटबीचको सन्तुलनबारे प्रश्न उठ्न थालेका छन् । डा। शर्मा २०७६ वैशाख ६ गते सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए ।
उनी लामो समय कानुनी अभ्यास, श्रम कानुनसम्बन्धी अध्ययन र न्यायिक सेवा अनुभवका आधारमा अदालतमा प्रवेश गरेका हुन् । नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक गरेका शर्मा भारतको पुणे विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर र श्रम कानुनसम्बन्धी विषयमा विद्यावारिधि हासिल गरेका व्यक्ति हुन् ।
यदि संसदीय सुनुवाइबाट उनको नाम अनुमोदन भएमा शर्मा करिब पूर्ण कार्यकाल, अर्थात् करिब ६ वर्षसम्म प्रधानन्यायाधीश रहनेछन् । उनी २०२७ साल असार ४ गते पर्सामा जन्मिएका हुन् । २०९२ साल असार ३ गते ६५ वर्ष पुग्नेछन् । संविधानअनुसार प्रधान न्यायाधीशको अधिकतम कार्यकाल ६ वर्षको हुन्छ ।
तर, विगतमा कुनै पनि प्रधान न्यायाधीशले पूर्ण कार्यकाल पूरा गर्न सकेका छैनन् । न्यायिक प्रणालीभित्र लामो समयदेखि प्रधान न्यायाधीश चयनमा राजनीतिक र संस्थागत प्रभावका बारेमा प्रश्न उठ्दै आएको छ ।
यसपटकको सिफारिसले पनि त्यसै बहसलाई थप तीव्र बनाएको देखिन्छ । वरिष्ठता, योग्यता र संस्थागत स्थायित्वबीचको सन्तुलन कसरी कायम गर्ने भन्ने विषय फेरि केन्द्रमा आएको छ ।
शर्मा पछिल्लो समय सर्वोच्च अदालतभित्र संवैधानिक, श्रम र प्रशासनिक कानुनसम्बन्धी मुद्दामा सक्रिय भूमिका खेल्दै आएका न्यायाधीशका रूपमा चिनिन्छन् । उनको नाम सिफारिससँगै अदालतको आगामी नेतृत्वले न्यायिक सुधार, मुद्दा व्यवस्थापन र ढिलासुस्ती घटाउने विषयमा कस्तो दिशा लिन्छ भन्ने अपेक्षा पनि बढेको छ ।
अब उनको नियुक्तिको अन्तिम निर्णय संसदीय सुनुवाइ समितिमा निर्भर रहनेछ । समितिबाट अनुमोदन भएमा उनले नेपालको न्यायपालिकाको सर्वोच्च पद सम्हाल्नेछन् । अदालतको नेतृत्वमा नयाँ अध्याय सुरु हुनेछ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,430)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,357)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,342)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,214)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,149)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,111)