सशस्त्रका महानिरीक्षक पौडेलले लगाए दर्ज्यानी चिह्न

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका नवनियुक्त महानिरीक्षक (आइजिपी) नारायणदत्त पौडेलले दर्ज्यानी चिह्न (फुली) लगाएका छन् ।

गृह मन्त्रालयमा आयोजित एक विशेष समारोहका बीच सचिव राजकुमार श्रेष्ठले नवनियुक्त आइजिपी पौडेललाई दर्ज्यानी चिन्ह लगाइ दिएका हुन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) बाट पौडेललाई महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको थियो ।

निवर्तमान आइजिपी राजु अर्यालले १८ वैशाखदेखि अनिवार्य अवकाश पाएपछि सरकारले पौडेललाई सशस्त्र प्रहरीको नेतृत्व सुम्पिएको हो । दर्ज्यानी चिन्ह लगाएपछि महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी बलको कमान्ड औपचारिक रूपमा समाले छन् ।

दर्ज्यानी चिन्ह सुशोभन समारोहमा गृह मन्त्रालयका उच्च पदस्थ अधिकारीहरू र सशस्त्र प्रहरीका वरिष्ठ अधिकृतहरूको उपस्थिति रहेको थियो । पदभार ग्रहण गर्दै नवनियुक्त आइजिपी पौडेलले संगठनको व्यावसायिकता, सुदृढीकरण र सीमा सुरक्षालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

प्रकाशित मिति: सोमबार, २१ बैशाख, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
जीवन विकास अस्पतालमा गढी र रतुवामाईका बासिन्दाले सहुलियत दरमा उपचार पाउने
गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु
© 2024 Satyasanchar. All Rights Reserved.