मलद्वारमा लुकाएर ब्राउन सुगर ओसार्ने युवक पक्राउ

Satya Sanchar सत्य सञ्चार

विराटनगर । झापाको बुद्धशान्ति गाउँपालिकाबाट लागुऔषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुद्धशान्ति गाउँपालिका–१ बस्ने ३८ वर्षीय हरिप्रसाद ढकाल छन् ।

इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले शुक्रबार राति बुधबारे बजारबाट उनलाई नियन्त्रणमा लिएको हो । मे २ प २८३६ नम्बरको होण्डा साइन मोटरसाइकलमा सवार ढकाललाई शंका लागि चेकजाँच गर्दा उनको साथबाट लागुऔषध बरामद भएको थियो ।

प्रहरीका अनुसार ढकालले प्लास्टिकमा पोको पारेर आफ्नै मलद्वारमा लुकाई-छिपाई राखेको अवस्थामा ब्राउन सुगर फेला परेको हाे । बरामद गरिएको ब्राउन सुगर प्लास्टिकसहित ३ ग्राम २२० मिलिग्राम र प्लास्टिक बाहेक २ ग्राम ७२० मिलिग्राम रहेको प्रहरीले जनाएको छ ।

लागुऔषध र मोटरसाइकलसहित नियन्त्रणमा लिइएका ढकाललाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको छ। उनीमाथि लागु औषध नियन्त्रण ऐन अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति: शनिबार, १९ बैशाख, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
जीवन विकास अस्पतालमा गढी र रतुवामाईका बासिन्दाले सहुलियत दरमा उपचार पाउने
गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु
© 2024 Satyasanchar. All Rights Reserved.