भन्सार विन्दुमा एमआरपी : पूर्वतयारी बिना कडाई गर्दा समस्या 

Satya Sanchar सत्य सञ्चार

विराटनगर । सरकारले पूर्वतयारी विना भन्सार विन्दुमै एमआरपी (अधिकतम खुद्रा मूल्य) उल्लेख गर्नुपर्ने निर्णय गरेपछि आयात प्रभावित भएको मोरङ व्यापार संघले जनाएको छ । भन्सार विन्दुमै अनिवार्य रूपमा एमआरपी उल्लेख नभएका सामग्री भन्सारमा रोकिएका छन् ।

सरकारको नियत सकारात्मक भएपनि स्पष्ट कार्यविधि र तयारी बिना नीति लागू गर्दा अधिकांश पैठारीकर्ताले समस्या भोग्नु परेको संघका अध्यक्ष अनुपम राठीले जनाएका छन् ।

शुक्रबार विज्ञप्ति जारी गर्दै उनले पर्याप्त पूर्वतयारी र सरोकारवालासँग छलफल नगरी ल्याइएको यो नीतिले व्यवसायिक क्षेत्रमा अन्यौलता सिर्जना गरेको उल्लेख गरेका छन् ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले हालै जारी गरेको सूचनाअनुसार स्वदेशी तथा पैठारी गरिने सम्पूर्ण वस्तुहरूमा भन्सार विन्दुमै एमआरपी उल्लेख गर्नुपर्ने व्यवस्था गरेको छ । सरकारको यो नीति उपभोक्ता हितका लागि सकारात्मक देखिए पनि कार्यान्वयनको पक्ष अत्यन्तै जटिल र अव्यवहारिक रहेको संघको भनाइ छ ।

विद्यमान नीतिअनुसार एमआरपी रकमको ४० देखि ५० प्रतिशतसम्म भन्सार मूल्यांकन गर्ने प्रावधान व्यवहारिक नभएको संघले उल्लेख गरेको छ । यो व्यवस्थाका कारण आयातित सामानमा थप आर्थिक भार पर्ने, बजारमा वस्तुको अभाव हुने र अन्ततः मूल्यवृद्धि भई उपभोक्तालाई नै मर्का पर्ने जोखिम देखिएको विज्ञप्तिमा उल्लेख छ । आयातकर्ताले सबै खर्चको हिसाब मिलान गरी बजारमा पठाउनु अघि मात्र एमआरपी लगाउने व्यवस्था हुनुपर्ने संघको माग छ।

प्रकाशित मिति: शुक्रबार, १८ बैशाख, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
जीवन विकास अस्पतालमा गढी र रतुवामाईका बासिन्दाले सहुलियत दरमा उपचार पाउने
गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु
© 2024 Satyasanchar. All Rights Reserved.