विराटनगर । नेपालकै जेठो उद्योग विराटनगर जुट मिल्सको जग्गामा बसोबास गरिरहेकाहरूलाई पनि हटाउने भएकाे छ । संघीय सरकारको नीति अनुसार विराटनगर जुट मिल्सकाे जग्गामा बसेकाहरुलाई हटाउने भएकाे हाे ।
मिल्सको स्वामित्वमा रहेको हटताली हाट, दक्षिण गेट, र हरिनगरा भट्टा क्षेत्रमा करिब ६ सय परिवारकाे बसाेबास रहेकाे अनुमान छ । मिल्सको सडक किनारामा ३० वटा पसल र व्यवसायलाई पनि हटाइने भएको छ । मिल्सको करिब १४ बिघा क्षेत्रफलमा यी अनधिकृत संरचनाहरू फैलिएका छन् ।
विराटनगर जुट मिल्स सञ्चालक समितिका अध्यक्ष राजेन्द्र कार्कीले अतिक्रमण गरी बसेकाे बस्ती हटाउने प्रक्रिया अघि बढिसकेको बताए । जुट मिल्सभित्र अनधिकृत रूपमा बसोबास गर्ने कतिपय व्यक्तिको विराटनगर बजार क्षेत्रमा घर छन् ।
वि.सं. १९९३ मा स्थापना भएको विराटनगर जुट मिल्स नेपालकै पहिलो आधुनिक उद्योग हो । यसैको जगमा मोरङ–सुनसरी औद्योगिक करिडोर र मुलुकका अन्य क्षेत्रमा उद्योग स्थापनाको लहर चलेको थियो । पछिल्लो पटक २०७० सालदेखि मिल्स पूर्ण रूपमा बन्द छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,660)
जीवन विकासले बोलायो साधारणसभा (2,613)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,574)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,567)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,432)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,349)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,280)