खुवा बेचेर मासिक एक लाख कमाउँछन् उत्तम श्रेष्ठ

Satya Sanchar सत्य सञ्चार
हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७ स्थित चुच्चेखोलामा खुवा घोट्दै युवा व्यवसायी उत्तम श्रेष्ठ । चुच्चेखोलाबाट दैनिक २०० किलो खुवा बिक्री हुने खुवा व्यवसायी बताउँछन् । तस्बिरः मणिराज गौतम/रासस

हेटौडा । खुवा व्यवसायबाट हेटौंडा उपमहानगरपालिका – १७ उत्तम श्रेष्ठ आत्मनिर्भर बनेका छन् । उनी खुवा बेचेर मासिक एक लाख कमाउँछन् ।

उनको दैनिकी बिहान उठेदेखि राति अबेरसम्म खुवा घोटेर बित्ने गर्छ। दुई वर्षदेखि खुवा व्यवसायमा लागेका श्रेष्ठ उत्तम खुवा घर सञ्चालन गर्छन् ।

खुवा व्यवसायमा लाग्नुअघि श्रेष्ठले किराना पसल र तोरी मिल सञ्चालन गरेका थिए । गाउँघरमा उधारो धेरै हुने गरेकाले किराना पसलबाट खासै उपलब्धि हुन नसकेपछि श्रेष्ठ खुवा व्यवसायमा लागेका हुन् ।

खुवाको हब बन्दै गएको सोही स्थानमा खुवा व्यवसायलाई सम्हाल्न पुगेका उनले हिजोआज दैनिक तीस किलो खुवा बिक्री गर्दै आएका छन् ।

उनको पसलमा खुवासँगै खुवाका विभिन्न मिठाइका परिकार, केराको मम, छोइला, पनि, पुष्टकारी उत्पादनसँगै बिक्री हुनेगर्दछ ।

उनले दूधको आपूर्तिका लागि किसानलाई भैंसी किन्न लगानीसमेत गरेका छन् ।

‘खुवाको लागि भैंसी दूध आवश्यक पर्छ सोहीअनुरूप किसानलाई दस लाख लगानी गरिसकेको छु,’ उनले भने ।

परम्पराभन्दा आधुनिकतातर्फ लम्किँदै व्यवसाय गर्नका लागि उनले सफा, सुग्घर र आकर्षित सजावट गर्दै व्यवसायलाई अगाडि बढाइरहेका छन् ।

खुवा पेसा सम्हालेयता उनले ६ जनालाई रोजगारी दिएका छन् । खुवासँगै खाजा नास्ता लगायत व्यवसायबाट मासिक दस लाख कारोबार हुने श्रेष्ठले बताए । अरू पेसामा भन्दा खुवा पेसामा काम गर्दा सन्तुष्ट मिलेको उनको भनाइ छ ।

खुवा बेचेरै मासिक एक लाख कमाउन सकिने भएपछि उनले पैसा कमाउन विदेशिने युवापुस्तालाई देशमै कमाउन सकिने उदाहरण प्रस्तुत गरेका छन् ।

उनको पसलबाट उत्पादित खुवा काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रो, चितवनलगायतका जिल्लामा निर्यात हुन्छ ।

प्रकाशित मिति: सोमबार, २८ माघ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
जीवन विकास अस्पतालमा गढी र रतुवामाईका बासिन्दाले सहुलियत दरमा उपचार पाउने
गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु
काेशीमा १४ भाषालाई सरकारी कामकाजको मान्यता, दलहरूद्वारा स्वागत
© 2024 Satyasanchar. All Rights Reserved.