खुवा बेचेर मासिक एक लाख कमाउँछन् उत्तम श्रेष्ठ

Satya Sanchar सत्य सञ्चार
हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७ स्थित चुच्चेखोलामा खुवा घोट्दै युवा व्यवसायी उत्तम श्रेष्ठ । चुच्चेखोलाबाट दैनिक २०० किलो खुवा बिक्री हुने खुवा व्यवसायी बताउँछन् । तस्बिरः मणिराज गौतम/रासस

हेटौडा । खुवा व्यवसायबाट हेटौंडा उपमहानगरपालिका – १७ उत्तम श्रेष्ठ आत्मनिर्भर बनेका छन् । उनी खुवा बेचेर मासिक एक लाख कमाउँछन् ।

उनको दैनिकी बिहान उठेदेखि राति अबेरसम्म खुवा घोटेर बित्ने गर्छ। दुई वर्षदेखि खुवा व्यवसायमा लागेका श्रेष्ठ उत्तम खुवा घर सञ्चालन गर्छन् ।

खुवा व्यवसायमा लाग्नुअघि श्रेष्ठले किराना पसल र तोरी मिल सञ्चालन गरेका थिए । गाउँघरमा उधारो धेरै हुने गरेकाले किराना पसलबाट खासै उपलब्धि हुन नसकेपछि श्रेष्ठ खुवा व्यवसायमा लागेका हुन् ।

खुवाको हब बन्दै गएको सोही स्थानमा खुवा व्यवसायलाई सम्हाल्न पुगेका उनले हिजोआज दैनिक तीस किलो खुवा बिक्री गर्दै आएका छन् ।

उनको पसलमा खुवासँगै खुवाका विभिन्न मिठाइका परिकार, केराको मम, छोइला, पनि, पुष्टकारी उत्पादनसँगै बिक्री हुनेगर्दछ ।

उनले दूधको आपूर्तिका लागि किसानलाई भैंसी किन्न लगानीसमेत गरेका छन् ।

‘खुवाको लागि भैंसी दूध आवश्यक पर्छ सोहीअनुरूप किसानलाई दस लाख लगानी गरिसकेको छु,’ उनले भने ।

परम्पराभन्दा आधुनिकतातर्फ लम्किँदै व्यवसाय गर्नका लागि उनले सफा, सुग्घर र आकर्षित सजावट गर्दै व्यवसायलाई अगाडि बढाइरहेका छन् ।

खुवा पेसा सम्हालेयता उनले ६ जनालाई रोजगारी दिएका छन् । खुवासँगै खाजा नास्ता लगायत व्यवसायबाट मासिक दस लाख कारोबार हुने श्रेष्ठले बताए । अरू पेसामा भन्दा खुवा पेसामा काम गर्दा सन्तुष्ट मिलेको उनको भनाइ छ ।

खुवा बेचेरै मासिक एक लाख कमाउन सकिने भएपछि उनले पैसा कमाउन विदेशिने युवापुस्तालाई देशमै कमाउन सकिने उदाहरण प्रस्तुत गरेका छन् ।

उनको पसलबाट उत्पादित खुवा काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रो, चितवनलगायतका जिल्लामा निर्यात हुन्छ ।

प्रकाशित मिति: सोमबार, २८ माघ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.