३१ जिल्लामा पुग्याे जीवन विकासको सेवा

Satya Sanchar सत्य सञ्चार

विराटनगर । माेरङकाे कटहरीमा केन्द्रीय कार्यालय रहेकाे जीवन विकास लघुवित्त वित्तीय संस्थाकाे सेवा ३१ जिल्लामा पुगेको छ ।

यसअघि जीवन विकासले काेशी, मधेश र बागमती प्रदेशका २४ जिल्लामा वित्तीय सेवा प्रवाह गरिरहेको थियो । सेवा विस्तार गर्दै ३१ जिल्लामा पुगेको हो ।

३१ जिल्लामा सदस्यहरुको घरदैलोमा पुगेर वित्तीय सेवा प्रवाह गरिरहेको जीवन विकास लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले जानकारी दिए ।

छैटौं साधारणसभालाई सम्बोधन गर्दै उनले कोशी, मधेश र बागमती प्रदेशका ३१ जिल्लामा गत आर्थिक वर्ष २०८०/ ०८१ मा ३ लाख ५२ हजार २५९ विपन्न परिवारलाई वित्तीय सेवा प्रवाह गरेकाे जानकारी दिए  ।

जीवन विकासले अन्य विकास बैंक सहर नै आफ्ना सदस्यहरुलाई डिजिटल सेवा प्रवाह गरिरहेको उनले बताए । ‘डिजिटल सेवा तर्फ जीवन विकासले सदस्यलाई कमर्सियल बैंक भन्दा कम सेवा दिएको छैन, सदस्यलाई सबै सुविधा दिएका छौं, सहजताका लागि गाउँगाउँमा ह्युमन एटिएमको व्यवस्था पनि गरेका छौँ,’ उनले भने,‘ जीवन विकासबाट डिजिटल क्षेत्रमा नमुना योग्य काम गरेका छौँ ।’

नेपालको दोस्रो ठूलो लघुवित्तको पहिचान बनाएको जीवन विकासको कुल सम्पति २८ अर्ब २२ करोड ९७ लाख ४ हजार पुगेको छ ।

जीवन विकासमा सर्वसाधारणको १० अर्ब ५३ करोड ३० लाख ४३ हजार रुपैयाँ निक्षेप छ ।

जीवन विकासले २७ अर्ब २१ करोड ४४ लाख ५० हजार रुपैयाँ ऋण लगानी गरेको छ ।

छैंटाैं साधारणसभामा प्रतिवेदन प्रस्तुत गर्दै सञ्चालक समिति अध्यक्ष विक्रमराज सुवेदीले लघुवित्तकाविरुद्ध विभिन्न अवरोध सृजना भइरहेको बताए । असहज परिस्थीतिमा पनि लघुवित्तले सदस्यलाई गुणस्तरीय सेवा प्रवाह गरिरहेको उनले बताए ।

‘आर्थिक मन्दीको प्रभावको कारण व्यापार, व्यवसाय तथा रोजगारीमा आएको संकुचनले समग्र लघुवित्त क्षेत्रलाई नकारात्मक असर गरेको छ,’ उनले भने,‘केही समूह तथा व्यक्तिहरुले लघुवित्त वित्तीय संस्थाहरु विरोधी गतिविधि संचालन गरी लघुवित्त कार्यक्रममा अवरोध सृजना गर्ने, लघुवित्त संस्थाहरुलाई कार्यक्रम बन्द गर्न धम्की दिने, कर्मचारीहरुलाई गालीगलौज तथा हातपात गर्ने, सोझासिधा सदस्यहरुलाई वित्तीय सेवा उपभोग गर्न बाधा पुर्याउने कार्य भइरहेको छ ।’

आर्थिक क्षेत्रको अवस्था क्रमिक रुपमा सुधार हुने बताउँदै उनले भने,‘विषम परिस्थितिमा पनि सबै कर्मचारीहरुको अथक परिश्रमबाट चुनौतीहरुलाई अवसरका रुपमा परिणत गर्दै विपन्न तथा असहाय परिवारलाई आयमुलक कार्यमा सामेल गराई सहयोग गर्ने कार्यहरु प्रभावकारी भएका छन् ।’

छैटौं साधारणसभाको उद्घाटन गर्दै मोरङ क्षेत्र नम्बर ५ का सांसद योगेन्द्र मण्डलले लघुवित्तमाथि प्रहार भइरहेको बताए ।

विपन्न समुदायको जीवनस्तर उकास्नका लागि काम गरिहेका लघुवित्तमाथि प्रहार गरेर देशको अर्थतन्त्रलाई झन कमजोर बनाउने गिरोह सक्रिय रहेको बताउँदै उनले विचलित नभइ सेवा प्रहाव गर्न आग्रह गरे ।

प्रकाशित मिति: आइतबार, २८ पुष, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.