जीवन विकासको साधारणसभाले पारित गर्याे १४ प्रतिशत बोनस

Satya Sanchar सत्य सञ्चार

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाकाे  छैंठौं साधारणसभाले बोनस सेयरको वितरणको प्रस्ताव पारित गरेको छ ।

आइतबार केन्द्रीय कार्यालय कटहरीमा भएको साधारणसभाले आर्थिक वर्ष २०८०/०८१ को मुनाफाबाट सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

आर्थिक वर्ष २०७९/०८० को वितरण योग्य मुनाफाबाट पनि जीवन विकासले १४ प्रतिशत नै बोनस सेयर वितरण गरेको थियो ।

आर्थिक वर्ष २०८०/०८१ को मुनाफाबाट पनि सेयर सदस्यहरुका लागि १४ प्रतिशत बोनस वितरण गरेको हो । साधारणसभाले लागि ०.७३६८ प्रतिशत नगद लाभांश पनि पारित गरेको छ । याे नगद लाभांश  बाेनस सेयरकाे कर प्रयाेजन समेतका लागि हाे ।

जीवन विकासकाे चुक्ता पुँजी १ अर्ब ३४ करोड ७५ लाख १८ हजार ९०० रुपैयाँ थियो । छैंटाैं साधारणसभाले १४ प्रतिशत अर्थात १८ करोड ८६ लाख ५२ हजार ६४६ रुपैयाँ बोनस थप भएपछि जीवन विकासको चुक्ता पुँजी १ अर्ब ५३ करोड ६१ लाख ७१ हजार ५४६ रुपैयाँ पुगेको छ ।

लघुवित्तकाे साधारणसभाकाे उद्घाटन माेरङ क्षेत्र नम्बर ५ का सांसद जीवन विकासका संस्थापक याेगेन्द्र मण्डलले गरेका थिए ।  उद्घाटन समाराेहलाई सम्बाेधन गर्दै मण्डलले व्यवस्थीत रुपमा सञ्चालन भइरहेका लघुवित्तलाई धरासायी बनाउनका लागि योजनावद्ध रुपमा प्रहार भइरहेको बताए ।

विपन्न समुदायको जीवनस्तर उकास्नका लागि काम गरिहेका लघुवित्तमाथि प्रहार गरेर देशको अर्थतन्त्रलाई झन कमजोर बनाउने गिरोह सक्रिय रहेको उनको भनाई छ । लघुवित्त विरुद्धको अभियान कमजोर भइरहेकाे बताउँदै उनले विचलित नभइ सेवा प्रहाव गर्न आग्रह गरे ।

मण्डलले ग्रामीण अर्थतन्त्रको विकासका लागि लघुवित्त आवश्यक रहेकाले यसको संरक्षणमा सबै निकायले ध्यान दिनुपर्ने बताए ।  उनले लघुवित्तको सञ्चालक र व्यवस्थापन समितिलाई सहज र व्यवस्थीत रुपमा सदस्यहरुलाई सेवा प्रवाहमा केन्द्रीत हुन आग्रह गरे ।

प्रकाशित मिति: आइतबार, २८ पुष, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.