लघुवित्तको सहयोगमा उद्यमी बनेकी गीताकुमारी (भिडियो)

Satya Sanchar सत्य सञ्चार

विराटनगर । घरधन्दामा व्यस्त रहने विराटनगर महानगरपालिका– ६ गीताकुमारी मण्डल उद्यमी बनेकी छन् । घरमा गार्मेन्ट उद्योग खोलेकी उनी आफू स्वरोजगार भएकी छन् , अरुलाई पनि रोजगारी दिएकी छन् । आँगनमा खोलेको उद्योगबाट आम्दानी पनि राम्रो गरिरहेकी छन् ।

पहिले गीताकुमारीलाई उद्यमी बन्छु भन्ने लागेको थिएन्,गार्मेन्टको उद्योग खोल्छु भन्ने सोचेकी पनि थिइनन् । साहुको गार्मेन्ट उद्योगमा काम गर्ने उनका श्रीमानको कमाईले परिवार जसोतसो चलेको थियो ।

श्रीमानले घरमा कहिलेकाँही आफ्नै उद्योग खोल्न पाए हुने भनेर कुरा गर्थे । तर घरेलु उद्योग खोल्नका लागि पैसा थिएन्, उद्योगका लागि चाहिने मेसिन महँगो पर्थ्यो ।

लघुवित्तले ऋण दिने भएपछि गीताकुमारीले उद्योग खोल्ने आट गरिन् । करिब चार वर्षअघि उनले घरकै बरण्डामा घेरबार लगाएर गार्मेन्टको घरेलु उद्योग खोलिन् । अहिले गीताकुमारीसँगै उनका श्रीमान पनि घरमै बसेर काम गर्छन्, सिजन अनुसार ४–५ जनालाई रोजगारी पनि दिएका छन् ।

साहुको काम गर्दा गीताकुमारीका श्रीमानले ३०–३५ हजार रुपैयाँ मासिक आम्दानी गर्थे । त्यो आम्दानी घरखर्च चलाउँदै सकिन्थ्यो । घरमै उद्योग खोलेपछि आम्दानी बढेको छ, मासिक करिब एक लाख कमाई हुन थालेको छ । घरखर्च राम्रोसँग चलेको छ, बचत पनि भइरहेको गीताकुमारीले बताइन् ।

गार्मेन्ट उद्योगकै आम्दानीबाट गीताकुमारीले पक्की घर बनाएकी छन् । ‘गार्मेन्टबाटै घर बनाएको छु,’उनी भन्छिन्,‘ पहिले कच्ची घर थियो,अहिले छत ढलाई गरेर पक्की बनाएको छु ।’
गीताकुमारीलाई व्यवसाय विस्तारका लागि जीवन विकास लघुवित्त वित्तीय संस्थाले सहयोग गरिरहेको छ । उनलाई आवश्यकता अनुसार व्यवसाय विस्तार गर्नका लागि जीवन विकासले ऋण सहयोग गर्छ । गीताकुमारी भन्छिन्,‘चाहिएको बेला ऋण लिएर व्यापार गर्छु ।’

लघुवित्तको सहयोगमा उद्यमी बनेकी गीताकुमारीले लघुवित्तबाटै आफ्नो नाम लेख्न पनि सिकेकी छन् । बाल्यकालमा स्कुल जान नपाएकी उनले जीवन विकासको सदस्य भएपछि आफ्नो नाम लेख्न जानेकी हुन् ।

समाजमा निर्धक्क रुपमा बोल्न सिकेकी उनले लघुवित्तबाट व्यवसायीक ज्ञान र सीप पनि सिकेकी छन् । घरको आँगनबाट सुरु गरेको गार्मेन्ट व्यवसायलाई विस्तार गरिरहेकी उनी गार्मेन्ट उद्योगलाई बढाउने योजनामा छिन । ‘अहिले त घरमै छ, यसलाई बढाएर ठूलो बनाउँछु,’ उनी भन्छिन्,‘ काम गर्ने मान्छे पनि बढाउँछु ।’

प्रकाशित मिति: मङ्गलबार, २५ मंसिर, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.