विराटनगर । नेकपा एमाले कोशी प्रदेशका सांसद तथा पूर्वमन्त्री लिलाबल्लभ अधिकारीका विषयमा दुई वटा निर्णय गरेको छ ।
केन्द्रीय सचिवालय बैठकले मानव तस्करीको गम्भीर विवादमा फसेका अधिकारीलाई पार्टी सदस्यबाट निलम्बन गर्ने र अनुसन्धानका लागि सरकारलाई आग्रह गर्ने निर्णय गरेको हो ।
आन्तरिक मामिला तथा कानुन मन्त्री जापान भ्रमणका क्रममा नक्कली कर्मचारीलाई पनि साथमै लिएर गएको आरोप उनीमाथि छ । जापानको टोकियो विमानस्थलबाट फर्काइएपछि प्रहरीले अधिकारीको भ्रमण टोलीको सदस्य रहेको बताउने तीन जनालाई पक्राउ गरेको छ ।
अधिकारीले भने आफूलाई मानव तस्करको गिरोहले फसाएको बताउँदै आएका छन् । विवादमा परेपछि अधिकारीले बुधबार मन्त्रीकाे जिम्मेवारीबाट राजीनामा दिएका थिए । शुक्रबार पार्टीकाे जिम्मेबारीबाट मुक्त गर्न प्रदेश कमिटीमा निवेदन दिएका थिए ।
एमाले प्रदेश कमिटीले शनिबार अधिकारीलाई राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद सदस्य तथा नेकपा एमालेको संगठित सदस्यबाट समेत निलम्बन गर्ने निर्णय गरेको थियो । सो निर्णय केन्द्रीय सचिवालयको बैठकले अनुमोदन गरेको हाे ।
शनिबार बसेको सचिवालय बैठकले अधिकारीमाथि लागेका सबै आरोपको वस्तुनिष्ट, तथ्यपरक र गम्भीर छानबिन गर्न सरकारी निकायलाई आग्रह गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,447)
जीवन विकासले बोलायो साधारणसभा (2,415)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,376)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,359)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,227)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,161)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,584)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,121)