लिलाबल्लभ अधिकारीका विषयमा एमालेको दुई निर्णय

Satya Sanchar सत्य सञ्चार

विराटनगर । नेकपा एमाले कोशी प्रदेशका सांसद तथा पूर्वमन्त्री लिलाबल्लभ अधिकारीका विषयमा दुई वटा निर्णय गरेको छ ।

केन्द्रीय सचिवालय बैठकले मानव तस्करीको गम्भीर विवादमा फसेका अधिकारीलाई पार्टी सदस्यबाट निलम्बन गर्ने र अनुसन्धानका लागि सरकारलाई आग्रह गर्ने निर्णय गरेको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्री जापान भ्रमणका क्रममा नक्कली कर्मचारीलाई पनि साथमै लिएर गएको आरोप उनीमाथि छ । जापानको टोकियो विमानस्थलबाट फर्काइएपछि प्रहरीले अधिकारीको भ्रमण टोलीको सदस्य रहेको बताउने तीन जनालाई पक्राउ गरेको छ ।

अधिकारीले भने आफूलाई मानव तस्करको गिरोहले फसाएको बताउँदै आएका छन् । विवादमा परेपछि अधिकारीले बुधबार मन्त्रीकाे जिम्मेवारीबाट राजीनामा दिएका थिए । शुक्रबार पार्टीकाे जिम्मेबारीबाट मुक्त गर्न प्रदेश कमिटीमा निवेदन दिएका थिए ।

एमाले प्रदेश कमिटीले शनिबार अधिकारीलाई राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद सदस्य तथा नेकपा एमालेको संगठित सदस्यबाट समेत निलम्बन गर्ने निर्णय गरेको थियो । सो निर्णय केन्द्रीय सचिवालयको बैठकले अनुमोदन गरेको हाे ।

शनिबार बसेको सचिवालय बैठकले अधिकारीमाथि लागेका सबै आरोपको वस्तुनिष्ट, तथ्यपरक र गम्भीर छानबिन गर्न सरकारी निकायलाई आग्रह गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

प्रकाशित मिति: शनिबार, २४ कार्तिक, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.