नाङ्लाेबाट आत्मनिर्भर सुनौलो बस्तीका १० परिवार

Satya Sanchar सत्य सञ्चार

धरान । नाङ्लाे बुनेर इटहरी उपमहानगरपालिका-३ सुनौलो बस्तीका १० परिवारले लोभलाग्दो आम्दानी गरिरहेका छन् ।

व्यावसायिक रूपमा नाङ्लो बुन्दै आएका १० राई परिवारका सदस्यले लोभलाग्दो आम्दानी गरिरहेका हुन् । उनीहरूकाे याे पुर्ख्याैली पेसा हाे ।

वसन्त राई दुई दशकदेखि नाङ्लो बुन्दै आएका छन् । भोजपुर होम्ताङका उनको व्यवसाय नै नाङ्लोको व्यापार हो । नाङ्लो बेचेर उनले घरव्यवहार चलाउँदै आएकाे उनलेे बताए ।

इटहरी सुनौलो बस्तीमा होम्ताङबाट आएका राई जातिको बाहुल्य छ । अधिकांश परिवारकाे  आम्दानीको स्रोत नै नाङ्लो बुन्ने हाे ।

एक पटकमा दुई सय वटासम्म बिक्रीका लागि नाङ्लो लैजाने गरेको तथा महिनामा रु २० देखि २५ हजारसम्मको नाङ्लो बिक्री गर्दै आएको उनले बताए ।

नाङ्लो विशेषगरी असोज–कात्तिकमा धेरै बिक्री हुने गरेको छ । यसको कमाइले घरखर्च पुगेको अर्का उद्यमी विक्रम राईले बताए । उनले ग्राहकको मागअनुसार नाङ्लो बनाउने गरेको बताए ।  धरान, विराटनगर, पथरीलगायत क्षेत्रका ग्राहकले नाङ्लो माग गर्दै आएका छन्  ।

नाङ्लो व्यवसायी कोपिला राईले बजारमा नाङ्लोको माग बढेकाे बताइन । पुर्ख्यौली पेसालाई निरन्तरता दिँदै आएका विक्रम राईले महिनामा दुई सयभन्दा बढी नाङ्लो बेच्ने गरेका छन् ।

नाङ्लो बनाउने बाँस पाउन गाह्रो भएको उनलेे बताए । एउटा सिङ्गो बाँसलाई दुई सयसम्म पर्छ । एउटा बाँसबाट १० वटासम्म नाङ्लो बनाउन सकिने बताए । ‘आफ्ना उत्पादन बोकेर गाउँ डुल्नु पर्दैन, घरमा नै आएर व्यापारीले लैजान्छन्,’ उनले भने,’ मेहनत अनुसारको कमाइ हुन्छ।’

प्रकाशित मिति: शुक्रबार, ०२ कार्तिक, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.