विराटनगर । सहज जीवनको आशा सहित दुई दशक अघि संखुवासभाबाट मधेश झरेकी चन्द्रकुमारी भेटवाल पुख्र्यौली पेसालाई विस्तार गर्दै सफल उद्यमी बनेकी छन् ।
मोरङको सुनबर्सी नगरपालिका –६ कमही टोलकी भेटवालले गाई फर्म र दूध संकलन केन्द्र खोलेकी छन् । व्यवसायबाट परिवारका ५ जना स्वरोजगार बनेका छन् । गाउँका तीन जनालाई नियमित रोजगारी दिएकी छन् ।
पशुपालन उनको पुख्र्याैली पेसा हो । १२ वर्षअघिबाट भने उनले व्यावसायिक रुपमा गाईपालन सुरु गरेकी थिइन्, अहिले उनको गोठभरी गाईभैंसी छन्, घरमै दूध संकलन केन्द्र पनि खोलेकी छन् ।
चन्द्रकुमारीलाई गाई पालन सुरु गर्दा जीवन विकास लघुवित्त वित्तीय संस्थाले ऋण सहयोग गरेको थियो । जीवन विकासबाट ऋण लिएर गोठ बनाएकी चन्द्रकुमारीलाई गाई खरिदका लागि पनि जीवन विकासले सहयोग गर्याे । व्यवसाय विस्तारका लागि निरन्तर सहयोग गरिरहेको छ ।
चन्द्रकुमारीले गाई पालन व्यवसाय गर्दा केही वर्ष अरुकै डेरीमा दूध बेचिन् । २०७४ सालदेखि भने उनले आफै डेरी खोलिन्, डेरी खोले पछि गाउँका किसानले उत्पादन गरेको दूध पनि सङ्कलन गरेर बेच्न थालेकी हुन् ।
डेरीमा गाउँबाट दैनिकजसो १ हजार ४ सय लिटर दूध संकलन हुन्छ । दूध खरिदका लागि जीवन विकास डेरीको गाडी उनको घरसम्म पुग्छ ।
दूध संकलनका लागि पाँच सय लिटरको मेसिन खरिद गरेकी चन्द्रकुमारीलाई जीवन विकास डेरीले एक हजार लिटर क्षमताको दूध चिस्यान मेसिन दिएको छ । पशुपालन र दूध संकलन केन्द्रबाट उनले राम्रो आम्दानी गरिरहेकी छन् ।
गाई पालन र दूध संकलनको व्यापार सुरु गरेपछि चन्द्रकुमारीले घर बनाएकी छन् । ट्याक्टर, पिकअप भ्यान र सिटी सफारी पनि जोडेकी छन् ।
ट्याक्टर खेतीमा प्रयोग हुन्छ, पिकअप भ्यान र सिटी सफारीमा गाउँका किसानले उत्पादन गरेको दूध सङ्कलन गर्छन् । त्यस बाहेक उनले घरमा किराना पसल पनि सुरु गरेकी छन् । पशुपालन र डेरी उद्योगलाई उनले विस्तार गरिरहेकी छन् ।
भिडियाे साैजन्य : जीवन विकास
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (1,537)
जीवन विकासले बोलायो साधारणसभा (1,485)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (1,453)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (1,404)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (1,357)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (1,266)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (708)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (676)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (667)