जीवन विकासको मुनाफा ५८ कराेड २२ लाख

Satya Sanchar सत्य सञ्चार

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले ५८ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

आर्थिक वर्ष २०८०-०८१ काे चाैथाे त्रैमाससम्ममा ५८ कराेड २२ लाख मुनाफा आर्जन गरेकाे हाे । याे मुनाफा अघिल्लो आर्थिक वर्षकाे भन्दा ४३.६७ प्रतिशत बढी हो ।  अघिल्लो वर्ष ४० करोड ५२ लाख रुपैयाँ मुनाफा गरेकाे थियाे ।

जीवन विकासकाे खुद ब्याज आम्दानी १ अर्ब ४९ करोड ३० लाखबाट बढेर १ अर्ब ६७ करोड ८ लाख रुपैयाँ कायम भएको छ । खुद ब्याज आम्दानी बढ्दा नाफामा सुधार भएको हाे । कम्पनीको इम्पेयरमेन्ट चार्ज पनि सामान्य अंकले बढेको छ । इम्पेयमेन्ट चार्ज ३७ करोड ३४ लाख रुपैयाँबाट बढेर ३७ करोड ९१ लाख पुगेको छ ।

चुक्ता पुँजी १ अर्ब ३४ करोड ७५ लाख १८ हजार रुपैयाँ रहेको जीवन विकासकाे जगेडा कोषमा १ अर्ब ४३ करोड  ६४ लाख रुपैयाँ जम्मा रहेको छ ।वितरणयोग्य नाफा  ८६ करोड ८२ लाख रुपैयाँ पुगेको छ ।

जीवन विकासको प्रतिसेयर आम्दानी ४३.२१ रुपैयाँ रहेको छ । प्रतिसेयर नेटवर्थ २७१.०३ रुपैयाँ छ ।

जीवन विकासको एनपीएल ४.६६ प्रतिशत कायम भएको छ ।

प्रकाशित मिति: आइतबार, २७ साउन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
जीवन विकास अस्पतालमा गढी र रतुवामाईका बासिन्दाले सहुलियत दरमा उपचार पाउने
गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु
काेशीमा १४ भाषालाई सरकारी कामकाजको मान्यता, दलहरूद्वारा स्वागत
© 2024 Satyasanchar. All Rights Reserved.