जीवन विकासको मुनाफा ५८ कराेड २२ लाख

Satya Sanchar सत्य सञ्चार

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले ५८ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

आर्थिक वर्ष २०८०-०८१ काे चाैथाे त्रैमाससम्ममा ५८ कराेड २२ लाख मुनाफा आर्जन गरेकाे हाे । याे मुनाफा अघिल्लो आर्थिक वर्षकाे भन्दा ४३.६७ प्रतिशत बढी हो ।  अघिल्लो वर्ष ४० करोड ५२ लाख रुपैयाँ मुनाफा गरेकाे थियाे ।

जीवन विकासकाे खुद ब्याज आम्दानी १ अर्ब ४९ करोड ३० लाखबाट बढेर १ अर्ब ६७ करोड ८ लाख रुपैयाँ कायम भएको छ । खुद ब्याज आम्दानी बढ्दा नाफामा सुधार भएको हाे । कम्पनीको इम्पेयरमेन्ट चार्ज पनि सामान्य अंकले बढेको छ । इम्पेयमेन्ट चार्ज ३७ करोड ३४ लाख रुपैयाँबाट बढेर ३७ करोड ९१ लाख पुगेको छ ।

चुक्ता पुँजी १ अर्ब ३४ करोड ७५ लाख १८ हजार रुपैयाँ रहेको जीवन विकासकाे जगेडा कोषमा १ अर्ब ४३ करोड  ६४ लाख रुपैयाँ जम्मा रहेको छ ।वितरणयोग्य नाफा  ८६ करोड ८२ लाख रुपैयाँ पुगेको छ ।

जीवन विकासको प्रतिसेयर आम्दानी ४३.२१ रुपैयाँ रहेको छ । प्रतिसेयर नेटवर्थ २७१.०३ रुपैयाँ छ ।

जीवन विकासको एनपीएल ४.६६ प्रतिशत कायम भएको छ ।

प्रकाशित मिति: आइतबार, २७ साउन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
भाेटेकाेशी बाढी : ९०३ जनाकाे शव भेटियाे, ४ हजार २ सय अझै सम्पर्कविहीन
जीवन विकासको विशेष साधारणसभा : युनिक नेपाल र मानुषीसँगको मर्जर पारित
भोटेकोशी बाढी :मृतककाे संख्या ५०० नाघ्याे
दलगत पहिचान छाडेर राहत, उद्धार र पुर्ननिर्माणमा जुट्न रास्वपा सभापतिकाे आह्वान
© 2024 Satyasanchar. All Rights Reserved.