पूर्वपश्चिम रेलमार्ग सर्भे टोलीको गाडीमा आगजनी

Satya Sanchar सत्य सञ्चार

काठमाडौँ । चितवनमा पूर्वपश्चिम रेलमार्गको सर्भे गर्नका लागि पुगेको टोली सवार गाडीमा आगजनी भएको छ । चितवनको भरतपुर महानगरपालिका– ७ का बासिन्दाले नियन्त्रणमा लिएर गाडीमा आगजनी गरेका हुन् ।

आरएच कन्सल्टेन्सीको टोलीलाई स्थानीय बासिन्दाले गाडी र उपकरणसहित घेराउ गरेका थिए ।

भरतपुरमा रेल मार्ग पीडित संघर्ष समिति गठन गरेर स्थानीय संघर्षरत छन् । आज पुगेको टोलीको गाडीमा संघर्ष समितिका सदस्य तथा स्थानीयले आगजनी गरेका हुन् ।

बस्तीलाई उजाड बनाएर रेल मार्ग लैजान नदिने र अहिले गरिएको सर्भे नै परिवर्तन गर्नुपर्ने माग स्थानीयको छ । चितवनमा रेलमार्गको प्रस्तावित रुट भरतपुर महानगरपालिकाको वडा नं ८, ७ र ४ हुँदै नवलपरासीतर्फ जानेछ ।

प्रकाशित मिति: बुधबार, ०२ साउन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.