पूर्वपश्चिम रेलमार्ग सर्भे टोलीको गाडीमा आगजनी

Satya Sanchar सत्य सञ्चार

काठमाडौँ । चितवनमा पूर्वपश्चिम रेलमार्गको सर्भे गर्नका लागि पुगेको टोली सवार गाडीमा आगजनी भएको छ । चितवनको भरतपुर महानगरपालिका– ७ का बासिन्दाले नियन्त्रणमा लिएर गाडीमा आगजनी गरेका हुन् ।

आरएच कन्सल्टेन्सीको टोलीलाई स्थानीय बासिन्दाले गाडी र उपकरणसहित घेराउ गरेका थिए ।

भरतपुरमा रेल मार्ग पीडित संघर्ष समिति गठन गरेर स्थानीय संघर्षरत छन् । आज पुगेको टोलीको गाडीमा संघर्ष समितिका सदस्य तथा स्थानीयले आगजनी गरेका हुन् ।

बस्तीलाई उजाड बनाएर रेल मार्ग लैजान नदिने र अहिले गरिएको सर्भे नै परिवर्तन गर्नुपर्ने माग स्थानीयको छ । चितवनमा रेलमार्गको प्रस्तावित रुट भरतपुर महानगरपालिकाको वडा नं ८, ७ र ४ हुँदै नवलपरासीतर्फ जानेछ ।

प्रकाशित मिति: बुधबार, ०२ साउन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
जीवन विकास अस्पतालमा गढी र रतुवामाईका बासिन्दाले सहुलियत दरमा उपचार पाउने
गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु
© 2024 Satyasanchar. All Rights Reserved.