विराटनगरमा पनि मोटरबोट

Satya Sanchar सत्य सञ्चार

विराटनगर । विराटनगर महानगरपालिकाले मोटरबोट खरिद गरेको छ । यसरी खरिद गरेको मोटरबोटको केसलिया नदीमा परीक्षण गरिएको छ ।

बाढी र डुबानका समयमा उद्धारका लागि भन्दै महानगरले ९ लाख ७५ हजारमा मोटरबोट खरिद गरेर ल्याएको हो ।

मोटरबोट आएपछि वर्षाको समयमा बाढी र डुबानमा फसेका नागरिकलाई उद्धारमा सहज हुने मेयर नागेश कोइरालाले बताए । उनका अनुसार इन्जिन जडान नगरिकन पनि बोटलाई सञ्चालनमा ल्याउन सकिन्छ ।

विराटनगरको पूर्वमा सिघिया र पश्चिममा केसलिया खोला छ । वर्षामा सोही खोलाको बाढी बस्तीमा पस्ने समस्या छ । यसअघि बाढीमा फसेका नागरिकलाई उद्धारका लागि सशस्त्र प्रहरीसहित अन्य सुरक्षा निकायबाट मोटरबोट मगाउनुपर्ने बाध्यता थियो ।

मोटरबोटको परीक्षणपछि उपमेयर शिल्पा निराला कार्कीले बाढीको विपदमा परेका नागरिकलाई तत्कालै उद्धार गर्न सहज होस् भनेर मोटरबोट खरिद गरिएको बताइन् ।

प्रकाशित मिति: बुधबार, ०२ साउन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.