फाइल फाेटाे विराटनगर । कोशी प्रदेशमा १ वर्षमा प्राकृतिक विपद्का घटनामा परी ७७ जनाको मृत्यु भएको छ । २ हजार ८ सयभन्दा बढी स्थानमा प्राकृतिक प्रकोपलगायतका विपद्का घटना भएको थियो ।
आर्थिक वर्ष २०८०/०८१ मा २ हजार ८ सय ६८ स्थानमा घटना भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । १४ जिल्ला रहेको प्रदेशभित्र बाढी, पहिरो, चट्याङ, आगलागी, हावाहुरी र जंगली जनावरको आक्रमणसमेतका घटनामा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ ।
सबैभन्दा धेरै १ हजार ७ सय ३१ स्थानमा आगलागी भएको प्रदेश प्रहरी प्रवक्ता एसएसपी भीमबहादुर दाहालले जानकारी दिए । उनका अनुसार ४ सय ९६ स्थानमा पहिरो, २ सय ५३ मा जंगली जनावरको आक्रमण, १ सय ८४ मा हावाहुरी, १ सय १७ मा बाढी र ८७ स्थानमा चट्याङका घटना भएका छन् । ती घटनामा ७७ जनाको मृत्यु भएको दाहालले बताए । घटनामा परेर २ सय ७७ जना घाइते भएको उनको भनाइ छ ।
सबैभन्दा धेरै मानिसको मृत्यु बाढीबाट भएको छ । बाढीले २२ जनाको मृत्यु र २४ जना घाइते भएको दाहालले बताए ।
आगलागीमा परेर २०, चट्याङ र जंगली जनावरको आक्रमणबाट १३/१३ तथा पहिरोका कारण ९ जनाको मृत्यु भएको छ । पहिरोमा परेर २०, चट्याङले लागेर ३६, आगलागीमा परी १ सय ३४, हावाहुरीका कारण ६ तथा जंगली जनावरको आक्रमणबाट ५७ जना घाइते भएको तथ्यांक प्रदेश प्रहरी कार्यालयले उपलब्ध गराएको छ ।
कार्यालयका अनुसार विभिन्न विपद्मा परेर ७ हजार ९ सय ८ वटा चौपाया मरेका छन् ।
विपद्का कारण २ हजार २ सय ७४ घर प्रभावित बनेको बताए । आगालागीका कारण ७ सय ५८, बाढीका कारण ६ सय ३८, पहिरोबाट ५ सय ८६, जंगली जनावरका कारण १ सय ७५, हावाहुरीबाट ८४ र चट्याङले ३३ वटा घर प्रभावित बनेका हुन् ।
विपद्का घटना हुँदा खोज तथा उद्धारका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गर्ने गरिएको जानकारी प्रदेश प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङले दिए । विभिन्न घटनामा १ वर्षको अवधिमा नेपाल प्रहरीका तर्फबाट १७ हजार ६ सय ८१ जना परिचालन गरिएको उनको भनाइ छ ।
डीआईजी खापुङले विपद्का बेला हुने क्षति न्यूनीकरणका लागि सबै निकायबीच समन्वयमै काम हुने गरेको बताए । उपलब्ध स्रोत, सधान र जनशक्तिलाई विपद्का समयमा प्रभावकारी ढंगले परिचालन गर्ने गरिएको उनको भनाइ छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,442)
जीवन विकासले बोलायो साधारणसभा (2,410)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,370)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,353)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,222)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,157)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,582)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,119)