प्रचण्डलाई योगेशको कटाक्ष : ‘कस्ले देला तिम्लाई माया मैले दिएजति’

Satya Sanchar सत्य सञ्चार

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एमाले नेता योगेश भट्टराईले कस्ले देला तिम्लाई माया मैले दिएजति, झिक तुलो जोखौं आज कसको माया कति ? भन्दै कटाक्ष गरेका छन् ।

एमालेले समर्थन फिर्ता लिएपछि राजीनामा बुझाउन पुगेका एमाले मन्त्रीलाई प्रचण्डले कसैलाई माया गर्नु एउटा भूल गरे मैले भन्ने गीत सुनाएका थिए ।

प्रधानमन्त्रीले विश्वासको मत मागेपछि सुरु भएको छलफलमा एमाले नेता भट्टराईले गीतबाटै जवाफ फर्काएका हुन् ।

‘कसैलाई मायाँ गर्नु एउटा भुल गरे मैले भन्नु भएछ हाम्रा मन्त्रीहरुलाई,’ उनले भने,‘ कसले देला तिम्लाई मैला मैले दिएजति झिक तुलो जोखौं आज कसको माया कति ?’

भट्टराईले संविधान संशोधनमा प्रचण्डको पनि सहयोग र सहभागिता चाहेको बताएका छन् ।

विश्वासको मत लिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै एमाले सचिव भट्टराईले संविधान संशोधन केमा गर्ने भन्नेबारे छलफल गर्ने बताए । आफूहरुले गर्ने संविधान संशोधन ०७२ को संविधानको अग्रगमनका लागि हुने भन्दै उनले भने, ‘यसमा प्रचण्डको सहयोग चाहन्छौं, सहभागिता चाहन्छौं ।’

त्यही आशयका साथ आफ्नो दलका अध्यक्ष केपी शर्मा ओलीले स्वर्ग गए पनि सँगै जाने, नर्क गएपनि सँगै जाने भनेको एमाले सचिव भट्टराईको दाबी छ । ‘नर्क जाँदैजाँदैनौं, स्वर्ग जाँदा पनि सँगै लैजान्छौं’ उनले भने, ‘यति कुरा ढुक्क हुनुहोला । तपाईंलाई छुट्न दिँदैनौं ।’

प्रकाशित मिति: शुक्रबार, २८ असार, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.