बेलबारीमा कुकुर आतंका, एउटैले ९ जनालाई टोक्यो

Satya Sanchar सत्य सञ्चार

विराटनगर । मोरङको बेलबारीमा एउटै कुकुरले ९ जनालाई टोकेको छ । बिहीबार बिहान बेलबारी नगरपालिका– १ र ३ नम्बरका ९ जनालाई टोकेको हो ।

बेलबारी नगरपालिकाका प्रवक्ता टेकबहादुर राईका अनुसार घर वरपर काम गरिरहेका र बाटो हिँडिरहेकालाई कुकुरले लखेटीलखेटी टोकेको थियो । कुकुरले गाउँका केही घरपालुवा कुकुर पनि टोकेको थियो ।

कुकुरले बेलबारी–३ का ८५ वर्षीय पदमबहादुर घिसिङ, उनकी श्रीमती ८० वर्षीया सावित्री घिसिङ, ८५ वर्षीया धनमाया मगर, ६२ वर्षीय दिलबहादुर गुरुङ, बेलबारी–१ का ७१ वर्षीय तुलसीप्रसाद दाहाल, ५३ वर्षीय तिलकबहादुर श्रेष्ठ, ४५ वर्षीय फिबुनन्द लावती, ३४ वर्षीय हरिचन्द्र कार्की र ३३ वर्षीय मिलन राईलाई टोकेको थियो ।

पदमबहादुरको मुख, सावित्रीको दाहिने हात र तीघ्रा, धनमायाको दाहिने नाडी, तुलसी र दिलबहादुरको मुखमा टोकेको उनले बताए ।

कुकुरले टोकेर घाइते बनाएकाहरुको कोशी अस्पताल विराटनगरमा उपचार गरिएको छ । उनका अनुसार कुकुरले आतंक मच्याएको क्षेत्र बेलबारी–१ र ३ सिमानामा पर्छ । कुकरले टोक्न थालेपछि गाउँमा भागाभाग भएको थियो ।

गाउँमा आतंक फैलाउने कुकुरका धनी फेला नपरेको उनले बताए । गाउँमा आतंक मच्याएको कुकुरलाई स्थानीयले मारेका थिए मारिदिएका छन् ।

बेवारिसे कुकुरले टोकेका गाउँका अन्य कुकुरको व्यवस्थापनका लागि नगरप्रहरीसहितको टोली परिचालन गरिएको थियो । नगरपालिकाबाट खटिएको टोलीले बेवारिसे कुुकुरले टोकेका सबै कुकुरलाई रेबिजविरुद्धको भ्याक्सिन लगाएको नगरपालिकाका पशु विकास अधिकृत बाबुराम बस्नेतले बताए ।

उनका अनुसार छाडा कुकुरले टोकेका अन्य कुकुरलाई २८ दिनभित्रमा ५ वटा सुई लगाइसक्नुपर्छ । कुकुरले कसैलाई टोकेमा नगरपालिकाले एन्टिरेबिज भ्याक्सिन निःशुल्क उपलब्ध गराउने उनले जानकारी दिए ।

प्रकाशित मिति: बिहिबार, २७ असार, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.