विराटनगर । काेशी प्रदेशकाे नाम परिवर्तनकाे मागसहित आन्दाेलनरत पहिचान पक्षधरले प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई कालो झण्डा देखाएका छन् । तेह्रथुमको बसन्तपुरबाट म्यालुङ जाने क्रममा बुधबार विहान जिरीखिम्ती बजारमा कालो झण्डा देखाएका हुन् ।
प्रदेशकाे नाम काेशी राखेपछि आन्दोलनरत पहिचान पक्षधरले २६ माघ २०८० मा सरकारसँगको सहमतिपछि आन्दोलनको स्वरुप परिवर्तन गरेको थियो । नेताहरुको यात्रामा अवरोध नगर्ने सहमति गरेको थियो । तर मुख्यमन्त्री कार्कीकाे तेह्रथुम यात्राका क्रममा कालो झण्डा देखाएका हुन् । उनीहरुले मुख्यमन्त्री विरुद्ध नाराबाजी गरे ।
मुख्यमन्त्रीलाई कालो झण्डा देखाउने क्रममा प्रहरी र पहिचान पक्षधरबीच सामान्य धकेलाधकेल भएको थियो ।
जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रमुख प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार १०–१२ जनाको समूहले मुख्यमन्त्रीलाई कालोझण्डा देखाउन खोजेको थियो । तर प्रहरीले रोकेको उनले बताए । ‘बसन्तपुरबाट म्याङलुङ आउने क्रममा जिरी बजारमा कालो झण्डा देखाउन खोजिएको थियो,’ उनले भने,‘ प्रहरीले रोक्यो ।’
१७ फागुन २०७९ मा हिक्मतकुमार कार्कीको नेतृत्वमा प्रदेशको नाम कोशी राखिएको थियो । प्रदेशसभामा मतदान गर्दा ९३ सांसद मध्ये ८२ सांसदले कोशीको पक्षमा मतदान गरेका थिए । प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधर असन्तुष्ट छ ।
असारे विकास रोक्नुपर्छ : मुख्यमन्त्री
मुख्यमन्त्री कार्कीले असारे विकासको प्रवृत्तिलाई रोक्नका आगामी आर्थिक वर्षबाट साउनदेखि नै काम गर्नुे बताएका छन् । बुधबार तेह्रथुमको म्याङलुङमा कर्मचारीसँगको छलफलका क्रममा उनले आगामी साउनदेखि नै कार्ययोजना बनाएर १ करोड माथिका योजना पहिलो चौमासिक मै कार्यान्वयनमा लैजाने बताएका हुन् ।
असारे विकासको प्रवृतिलाई रोक्नका लागि आवश्यक पर्ने विधि प्रक्रिया चाडै टुङ्गो लगाउने बताए । उनले तीन तहको स्थायी सरकार कर्मचारी सम्यन्त्रले सहकार्य, सहस्तित्व र समन्वयमा काम गर्न आग्रह गरे ।
पहाडबाट तराईमा बसाईसराईको क्रम बढेको बताउँदै उनले बसाईसराई रोक्नेगरी काम गर्नुपर्ने बताए । ‘पहाडमा सडक र बाटो पुग्न थालेको छ, तर मानिसहरू मधेश झर्न थाले । यो चिन्ताको विषय हो,’ उनले भने,‘ बसाईसराई रोक्न सबै लाग्नु पर्छ ।’
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,660)
जीवन विकासले बोलायो साधारणसभा (2,613)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,574)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,565)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,432)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,349)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,602)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,278)