करण कामत हत्याको कारण ‘ग्याङ फाइट’,विराटनगरबाट चार जना पक्राउ

Satya Sanchar सत्य सञ्चार

विराटनगर । युवती जिस्काएकाे निहुँमा कटहरी गाउँपालिका–१ जमटोकीका २१ वर्षीय करण कामतको विराटनगरमा हत्याको भएकाे छ ।

युवती जिस्काएकाे निहुँमा सोमबार राति  करिब सवा १० बजे विराटनगर महानगरपालिका–२ नेपाल टेलिकमको अफिस नजिकै दुई समूहबीच ‘ग्याङ फाइट’ भएको थियो । साे घटनामा कैँचीले छातीमा प्रहार गरी करणको हत्या गरेको देखिएको मोरङ प्रहरी प्रमुख नवराज कार्कीले जानकारी दिए ।

प्रहरीका अनुसार घटनामा कटहरी गाउँपालिका–१ जमटोकीका २१ वर्षीय कामतसहित उनका साथी कटहरी–१ जमटोकीकै २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय गम्भीर घाइते भएका थिए । करणको कोशी अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो । अन्य दुईको नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

मुख्य बजार क्षेत्रमा भएको ‘ग्याङ फाइट’को विषयमा प्रहरीले घाइतेहरु अस्पताल पुगेपछि मात्रै जानकारी पाएको थियो । ग्याङ फाइट घाइते भएकाहरुलाई बटुवाले अस्पताल पुर्याएका थिए ।

प्रहरीले घटनामा संलग्न भएको आरोपमा विराटनगर–११ घर भइ विराटनगर–२ स्थित विराट नर्सिङ होमअगाडि डेरा गरेर बस्दै आएका २० वर्षीय सोनु गिरी, ताप्लेजुङको दोखु घर भइ नर्सिङ होमअगाडि डेरा बस्दै आएका १८ वर्षीय सन्तोष भनिने निमदावा शेर्पा, भोजपुरको भुल्के घर भइ नर्सिङ होमअगाडि डेरा बस्दै आएका २० वर्षीय सञ्जय गिरी र मोरङको रंगेली घर भइ विराटनगर–२ स्थित सनीहाटमा डेरा बस्दै आएका १६ वर्षीय बालकलाई पक्राउ गरेको छ । प्रहरीले घटनास्थलमा एउटा मोबाइल फेला परेको थियो । सोही मोबाइलबाट घटनामा संलग्नहरुसम्म पुगेको  हाे ।

प्रहरी उपरीक्षक कार्कीका अनुसार घटनास्थल नजिकै शनिबार पिडक पक्षका(पक्राउ परेका) युवतीलाई मृतक तथा घाइते पक्षका युवकले जिस्काएका थिए । सोही निहुँमा उनीहरुबीच भनाभन भएको थियो ।

मृतक तथा घाइते पक्षका १२–१३ जनाको समूह बदला लिने भन्दै सोमबार राति बाटो ढुकेर बसेको थियो । राति करिब सवा अर्काे समूह काम सकेर डेरा फर्कने क्रममा झडप भएको थियो । झडपकका क्रममा पक्राउ परेका शेर्पाले साथमा बोकेको कैँचीले प्रहार गरेको देखिएको प्रहरीले बताएको छ ।

प्रहरीले घटनामा प्रयोग भएको कैँची विराटनगर अस्पताल अगाडिको गोलबजार फार्मेसीबाट बरामद गरेको छ ।

घटनाका सम्बन्धमा थप अनुसन्धान  गरिरहेकाे प्रहरीले पक्राउ परेका विरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने तयारी गरेकाे छ ।

प्रकाशित मिति: मङ्गलबार, २५ असार, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.