कोशी प्रदेशको बजेट : असारमा मात्रै ८ अर्ब १९ करोड खर्च

Satya Sanchar सत्य सञ्चार

विराटनगर । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षको अन्तिम २५ दिनमा मात्रै ८ अर्ब १९ करोड ६९ लाख ६८ हजार ४४१ रुपैयाँ खर्च गरेकाे छ ।

हरेक आर्थिक वर्षकाे असार २५ गतेबाट बजेट खर्च खाता रोक्का हुन्छ । असार महिनाको २५ दिन सोमबार राति १२ बजेसम्म सरकारले ८ अर्ब १९ करोड ६९ लाख रुपैयाँ खर्च गरेको हो ।

प्रदेश लेखा नियन्त्रक कार्यालय कोशी प्रदेशको सूचना अधिकारी ऋषिकुमार खनालका अनुसार अन्तिम दिन सोमबार मात्रै दुई अर्ब ३० करोड ३५ लाख ८८ हजा ६ सय ८१ रुपैयाँ खर्च भएको छ । जेठ महिनामा मात्रै ४ अर्ब २९ करोड ६ लाख रुपैयाँ भएको थियो ।

प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि सरकारले ३६ अर्ब ८१ करोड ९० लाख ७४ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । जसमा २८ अर्ब ३६ करोड ७८ लाख ७६ हजार ६ सय ४४ रुपैयाँ मात्रै खर्च भएको छ ।

चालु आर्थिक वर्ष चालु तर्फ १५ अर्ब ९३ करोड ३५ लाख ६२ हजार , पूँजीगत तर्फ २० अर्ब ८७ करोड ५५ लाख १२ हजार रुपैयाँ विनियोजन भएको थियो ।

पूँजीगत तर्फ १६ अर्ब ३६ करोड ६ लाख ४४ हजार ७०६ रुपैयाँ मात्रै खर्च भएको छ । चालु तर्फ १२ अर्ब ७२ लाख ३१ हजार ९३८ रुपैयाँ खर्च भएको छ ।

सरकारले ल्याएको बजेट मध्ये ८ अर्ब ४५ करोड ११ लाख ९७ हजार ३५५६ रुपैयाँ खर्च भएन् ।

प्रकाशित मिति: मङ्गलबार, २५ असार, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
जीवन विकास अस्पतालमा गढी र रतुवामाईका बासिन्दाले सहुलियत दरमा उपचार पाउने
गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु
© 2024 Satyasanchar. All Rights Reserved.