विराटनगर । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षको अन्तिम २५ दिनमा मात्रै ८ अर्ब १९ करोड ६९ लाख ६८ हजार ४४१ रुपैयाँ खर्च गरेकाे छ ।
हरेक आर्थिक वर्षकाे असार २५ गतेबाट बजेट खर्च खाता रोक्का हुन्छ । असार महिनाको २५ दिन सोमबार राति १२ बजेसम्म सरकारले ८ अर्ब १९ करोड ६९ लाख रुपैयाँ खर्च गरेको हो ।
प्रदेश लेखा नियन्त्रक कार्यालय कोशी प्रदेशको सूचना अधिकारी ऋषिकुमार खनालका अनुसार अन्तिम दिन सोमबार मात्रै दुई अर्ब ३० करोड ३५ लाख ८८ हजा ६ सय ८१ रुपैयाँ खर्च भएको छ । जेठ महिनामा मात्रै ४ अर्ब २९ करोड ६ लाख रुपैयाँ भएको थियो ।
प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि सरकारले ३६ अर्ब ८१ करोड ९० लाख ७४ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । जसमा २८ अर्ब ३६ करोड ७८ लाख ७६ हजार ६ सय ४४ रुपैयाँ मात्रै खर्च भएको छ ।
चालु आर्थिक वर्ष चालु तर्फ १५ अर्ब ९३ करोड ३५ लाख ६२ हजार , पूँजीगत तर्फ २० अर्ब ८७ करोड ५५ लाख १२ हजार रुपैयाँ विनियोजन भएको थियो ।
पूँजीगत तर्फ १६ अर्ब ३६ करोड ६ लाख ४४ हजार ७०६ रुपैयाँ मात्रै खर्च भएको छ । चालु तर्फ १२ अर्ब ७२ लाख ३१ हजार ९३८ रुपैयाँ खर्च भएको छ ।
सरकारले ल्याएको बजेट मध्ये ८ अर्ब ४५ करोड ११ लाख ९७ हजार ३५५६ रुपैयाँ खर्च भएन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,441)
जीवन विकासले बोलायो साधारणसभा (2,410)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,370)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,353)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,220)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,157)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,119)