विराटनगर । भारतीय नोटसहित प्रहरीले विराटनगरकाे सीमावर्ती क्षेत्रबाट दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा एक जना नेपाली र एक जना भारतीय छन् । छुट्टाछुट्टै स्थानबाट पक्राउ परेकाहरुकाे साथबाट भारतीय तीन लाख १७ हजार रूपैयाँ बरामद भएको छ ।
विराटनगर महानगरपालिका – ७ का २४ वर्षीय रोनक अग्रवाललाई प्रहरीले सोमबार साँझ ६ बजेतिर पक्राउ गरेको हो । भारतको जोगवनीबाट विराटनगर महानगरपालिका–१७ मटेरुवा हुँदै नेपाल प्रवेश गरेका अग्रवालाई सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म रानीबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
अग्रवालको साथबाट ५ सय दरका ४ सयवटा भारतीय नोट बरामद भएको सशस्त्र प्रहरी बल मोरङका निमित्त प्रमुख, डीएसपी लोकनाथ उप्रेतीले बताए । नेपालमा ५ सय र हजारका भारतीय नोट प्रतिबन्धित छ ।
सोमबार राति नै भारतीय नोटसहित नेपाल प्रवेश गरेका भारत भागलपुर सोनापट्टीका ३६ वर्षीय गौतमकुमार केडियालाई प्रहरीले पक्राउ गरेको छ । उनको साथकाट भारतीय एक लाख १७ हजार चार सय ४४ रूपैयाँ बरामद भएको प्रहरीले बताएको छ ।
सशस्त्रले पक्राउ परेका दुई जनालाई आवश्यक अनुसन्धानका लागि नेपाल प्रहरीको जिम्मा लगाएको छ । पक्राउ परेका अग्रवाल र केडियाको साथबाट बरामद भएको रकम अवैध हुण्डी कारोबारको हुनसक्ने प्रहरीले बताएको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,441)
जीवन विकासले बोलायो साधारणसभा (2,408)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,370)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,350)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,220)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,157)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,119)