विराटनगर । नेपाली कांग्रेससँग नयाँ गठबन्धन बनेपछि नेकपा एमाले केन्द्रसँगै तीन प्रदेश सरकारबाट बाहिरिएको छ । केन्द्रसँगै बागमती, लुम्बिनी र सूदुरपश्चित सरकारलाई दिएकाे समर्थन पनि फिर्ता लिएकाे छ ।
गठबन्धन परिवर्तन भएपनि एमाले नेतृत्वको प्रदेश सरकारमा माओवादी केन्द्र यथावत छ । मन्त्री नियमित कामकाजमा छन् ।
नयाँ गठबन्धन बनेपनि तत्काल प्रदेश सरकार छाड्न माओवादी केन्द्र तयार छैन । प्रधानमन्त्री प्रचण्डको विश्वासको मत पर्खिरहेको छ । माओवादीबाट सहभागि मन्त्रीलाई काम गर्न दिनेकी बर्खास्त गर्ने भन्ने विषयमा मुख्यमन्त्री पनि प्रचण्डको विश्वासको मत नै पर्खिरहेका छन् ।
नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो विश्वासको मतपछि निर्णय गर्ने बताउँछन् । प्रचण्डले २८ असारमा प्रतिनिधिसभाबाट विश्वासको मत लिदैछन् । ‘एमालेले केन्द्र र प्रदेश सरकार छाडेपनि २८ असारसम्म हामी पर्खन्छौं,’ उनले भने,‘ केन्द्रबाट पनि हामीलाई कुनै निर्देशन आएको छैन ।’
केन्द्रमा नयाँ समीकरण बनेपछि नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई भेटेर अफ्ठयारो भए मार्ग प्रशस्त गरिदिने बताएको थियो । तर मुख्यमन्त्री कार्कीले तत्काल आफूलाई कुनै समस्या नभएको बताएपछि सरकारमा यथावत रहेको आङ्बोले बताए ।
२७ बैशाखमा माओवादी केन्द्रको समर्थनमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका कार्की पनि तत्काल माओवादी केन्द्रलाई सरकारबाट निकाल्ने पक्षमा छैनन । केन्द्रमा सहमतिको सरकार बनाउने गृहकार्य भइरहेका कारण प्रदेशमा पनि सहमतिको सरकार निर्माणको प्रयास गर्ने उनी बताउँछन् । ‘प्रदेशमा सहमतिको सरकार बनाउने त अभियान नै हो मेरो,’ उनले भने,‘अहिले त्यस्तो केही भएको छैन, हामी सरसल्लाह गर्दैछौ ।’
प्रधानमन्त्रीको विश्वासको मतपछि सबै विषय क्लियर हुने उनले बताए । ‘म सबैसँग कुरा गरिरहेको छु, कसैले पनि हतार गर्या छैन, मैले हतार गर्नुपनि भएन होला,’उनले भने,‘ अन्त(अरु प्रदेशमा) हटाउने बस्ने छाड्ने के के सुरु भयो, २८ गते मात्रै सबै क्लियर होला ।’
माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादर आङ्बो पनि प्रदेशका बारेमा २८ असारपछि मात्रै सबै टुङ्गो लाग्ने बताउँछन् । ‘प्रदेश सरकारलाई कसरी अघि बढाउने भन्ने मुख्यमन्त्रीमा निर्भर हुन्छ,’ उनले भने,‘उहाँलाई धेरै अफ्ठ्यरो अवस्थाबाट हामीले मुख्यमन्त्री बनाएको हो, अहिलेसम्म हाम्रो उहाँलाई साथ छ, २८ असार पछाडि घटनाक्रम कसरी अघि बढ्छ त्यही अनुसार छलफल गरेर अघि बढ्छौं ।’
हिक्मतकुमार कार्की नेतृत्वको कोशी प्रदेश सरकारमा माओवादी केन्द्रबाट भौतिक पूर्वाधार मन्त्री गणेश उप्रेती, पर्यटन वन तथा वातावरण मन्त्री नारायण बुर्जामगर र स्वास्थ्यमन्त्री राजेन्द्र कार्की छन् । बन्दना झाँगड पर्यटन वन तथा वातावरण राज्यमन्त्री छन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,660)
जीवन विकासले बोलायो साधारणसभा (2,613)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,574)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,565)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,430)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,349)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,602)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,278)