विराटनगर । प्रदेश लोक सेवा आयोग कोशीको अध्यक्षमा महेन्द्रप्रसाद गुरागाईं नियुक्त भएका छन् ।
उनी नेपाल सरकारका पूर्व सचिव हुन् । उनले दुई वर्षअघि सेवाबाट अवकाश पाएका थिए ।
आइतबार बसेको सिफारिस समितिको बैठकले गुरागाईंको नाम सिफारिस गरेको थियो । लगत्तै प्रदेश प्रमुख पर्शुराम खापुङले अध्यक्ष नियुक्त गरे, उनले आइतबार नै शपथग्रहण गरे ।
तेह्रथुमको म्याङ्लुङ पुरानो घर भएका उनी मोरङको मंगलबारेका बासिन्दा हुन् ।
प्रदेश लोक सेवा आयोग ऐन २०७६ अनुसार आयोगको अध्यक्ष पदावधि ६ वर्षको हुन्छ । यसअघिका अध्यक्ष उतम भट्टराईले उमेरहदका कारण अवकाश पाएका थिए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,660)
जीवन विकासले बोलायो साधारणसभा (2,613)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,574)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,565)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,430)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,349)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,602)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,278)