गगन थापा भन्छन् :‘प्रचण्डको कारण कांग्रेस एमाले एक ठाउँमा’

Satya Sanchar सत्य सञ्चार

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अस्थीर चरित्रका कारण देशमा नयाँ राजनीतिक समीकरण बनेको नेपाली कांग्रेस महामन्त्री गगन थापाले बताएका छन् ।

बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले प्रचण्डको अस्थीर कार्यशैलीका कारण कांग्रेस एमाले मिल्ने परिस्थीति बनेको बताएका हुन् ।

‘एमालेसँगको सरकारमा बसिसकेपछि पनि फेरि नयाँ खालको लसपस गर्नका लागि हातखुट्टा पसार्न थालिसके पछाडि अहिलेको दुर्घटना निम्त्याएको हो,’ उनले भने,‘ नेपालको राजनीतिमा प्रचण्ड यतिधेरै अस्थीर रहनुभयो कि उहाँसँग कसैको पनि विश्वास रहेन, त्यो कारणले अहिलेको परिस्थीति निर्माण भएको हो ।’

एमालेसँगको गठबन्धन हुँदा पनि प्रचण्डले दायाँबायाँ गर्न खोजिरहेको उनले बताए । ‘अहिलेको परिस्थीतिको सम्म्पूर्ण कारण भनेको वर्तमान प्रधानमन्त्री प्रचण्डको अस्थीरताको कारणले हो, नयाँ सरकार बनेपछि, गठबन्धन बनेपछि कांग्रेसका कसैलाई नयाँ गठबन्धन बनोस् भन्ने चाहाना थियो होला, मेरो चाहाना प्रतिपक्षमा रहनु नै उपयुक्त हुन्थ भन्ने थियो…,’ उनले भने,‘ तर सरकार बनेको २–४ महिना हुँदा नहुँदै गठबन्धन बन्थ्यो ? बन्दैनथ्यो प्रचण्डको यतिधेरै अस्थीर चरित्र व्यवहार नभएको भए ।’

दुई दलले आवश्यकता अनुसार संविधानको पुनरावलोकन गर्ने उनले बताए ।

‘अहिलेको संविधान कसैलाई देखाइदिनका लागि बनाएको होइन् । यसलाई जोगाउने जिम्मेवारी हाम्रो हो,’ उनले भने,’संघीय लोकतान्त्रिक गणतान्त्रत्मक ब्यवस्था, समावेशी लोकतन्त्र, समानुपातिक प्रतिनिधित्व, सबैको स्वतन्त्रतालाई थप सुदृढीकरण गर्न संविधान पुनरावलोकन गर्ने काँग्रेसको प्रस्ताव हो ।’

संविधान पुनरावलोकनका लागि कांग्रेस एमालेको मतले मात्र नपुग्ने बताउँदै उनले भने, ‘यसका लागि अरु दललाई पनि समेट्नुपर्ने हुन्छ ।’

प्रकाशित मिति: बिहिबार, २० असार, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.