कोशी मन्त्रीपरिषद् बैठक : सरकार छाड्ने तयारीमा रहेका मन्त्रीको नेतृत्वमा समिति

Satya Sanchar सत्य सञ्चार

विराटनगर । सरकार छाड्ने तयारीमा रहेका माओवादी केन्द्रका मन्त्रीलाई समावेश गरेर कोशी प्रदेश मन्त्रीपरिषद् बैठकले तीन वटा समिति गठन गरेको छ ।

बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले राजनीतिक तथा प्रशासनिक समिति, कानून न्याय तथा प्रदेश मामिला सम्बन्धी समिति र आर्थिक सामजिक तथा पूर्वाधार समिति गठन गर्ने निर्णय गरेको हो ।

आर्थिक सामाजिक तथा पूर्वाधार समितिको नेतृत्व माओवादी केन्द्रका मन्त्रीले गरेका छन् । तर केन्द्रमा एमाले र कांग्रेसको नयाँ गठबन्धन बनेपछि प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरिने तयारीमा छ । बाहिरिने तयारीमा रहेका मन्त्रीलाई मुख्यमन्त्री हिक्मतकुमार कार्कीले समिति संयोजक बनाएका हुन् ।

मन्त्रीपरिषदको बैठकले राजनीतिक तथा प्रशासनिक समितिको संयोजक आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर तोकेको छ । स्वास्थ्य मन्त्री राजेन्द्र कार्की, सामाजिक विकासमन्त्री पाँचकर्ण राई र पर्यटन, वन तथा वातावरण मन्त्री नारायण बुर्जामगर सदस्य छन् । राजेन्द्र र नारायण माओवादी केन्द्रबाट मन्त्री बनेका हुन् ।

कानून न्याय तथा प्रदेश मामिला सम्बन्धी समितिको संयोजकमा आन्तरिक मामिला तथा कानून मन्त्री लिलाबल्लभ अधिकारी रहेका छन् । सदस्यमा भौतिक पूर्वाधार विकास मन्त्री गणेश उप्रेती, सामाजिक विकास मन्त्री पाँचकर्ण राई र सदस्य सचिवमा मुख्यमन्त्री कार्यालयका कानून तथा संवैधानिक मामिला महाशाखाका सचिव रहेका छन् । उप्रेती माओवादीबाट मन्त्री बनेका हुन् ।

स्वास्थ्य मन्त्री राजेन्द्र कार्कीको नेतृत्वमा आर्थिक सामजिक तथा पूर्वाधार समितिको गठन गरेको छ । सदस्यहरुमा आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर, भौतिक पूर्वाधार विकास मन्त्री गणेश उप्रेती, खानेपानी सिंचाई तथा उर्जा मन्त्री एकराज कार्की र सदस्य सचिवमा मुख्यमन्त्री कार्यालयका शासकीय सुधार महाशाखाका सचिव छन् ।  समिति संयोजक कार्की र सदस्य उप्रेती माओवादी केन्द्रका हुन् ।

केन्द्रमा सरकार फेरिएपछि प्रदेशमा पनि माओवादी केन्द्र प्रतिपक्षमा बस्दैछ । प्रदेश सरकारबाट बाहिरिने विषयमा केन्द्रको निर्देशन कुरिररहेको माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताए ।

‘केन्द्रमा प्रतिपक्षमा बसेपछि प्रदेशमा पनि स्वभाविक हिसाबले प्रतिपक्षमा बस्छौं,’ उनले भने,‘ केन्द्रको निर्देशनपछि बाहिरिन्छौं,अहिले माथिबाट केही आएको छैन ।’ सरकार छाड्ने विषयमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई जानकारी गराइरसहेको उनले बताए ।

नेकपा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले केन्द्रमा राष्ट्रीय सहमतिको सरकार निर्माण गर्ने भनिएका कारण प्रदेशमा एमालेले माओवादीका मन्त्रीलाई नअटाउने बताए । प्रादेशिक सहमतिको सरकार निर्माण गर्नका लागि पहल गर्ने उनले बताए ।

प्रकाशित मिति: बिहिबार, २० असार, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.