काेशीमा काठकाे घर गाउँबाट शहरमा सार्न ६ महिना छुट

Satya Sanchar सत्य सञ्चार

विराटनगर । कोशी प्रदेश मन्त्रीपरिषद् बैठकले गाउँबाट पुराना काठकाे घर बजारमा सार्नका लागि ६ महिना छुट दिने निर्णय गरेको छ ।

बिहीबार बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले पुराना काठका घरहरु गाउँबाट शहरबजारमा स्थानान्तरणका लागि ६ महिनासम्म कर छुट दिने निर्णय गरेको हो ।

यसअघि गाउँका पुराना घरका काठ स्थानान्तरणका लागि कर तिर्नुपर्ने बाध्यता थियो । सरकारले ६ महिनाभित्रमा स्थानान्तरण गरेमा कर छुट दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिलामन्त्री लिलाबल्लभ अधिकारीले जानकारी दिए ।

अब ६ महिनासम्म पूराना घरकाे काठ दाउरा स्थानान्तरण गर्दा शुल्क नलाग्ने उनले बताए ।

लेखा अधिकृतको माग सम्बोधन गर्न तयार

मन्त्रिपरिषद् बैठकले प्रदेश लेखा अधिकृतहरुको आन्दोलन सम्बोधनका लागि प्रदेश निजामती सेवा ऐन २०७९ लाई दोस्रो पटक संशोधन गर्ने निर्णय पनि गरेको छ ।

निजामती ऐनले विभेद गरेको भन्दै लेखा समूहका कर्मचारी आन्दोलनमा छन् । असार ६ गतेदेखि १४ गतेसम्म उनीहरुले पेन डाउन गरेर आन्दोलन गरेका थिए । बिहीबारको मन्त्रीपरिषद् बैठकले लेखा समूहको माग सम्बोधन गर्नेगरी संशोभन प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

बिहीबारकाे बैठकले कोशी प्रदेश बीउबिजन सम्बन्धमा कानूनी व्यवस्था गर्न बनेको विधेयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति दिने र कोशी प्रदेश जीवनाशक बिषादी व्यवस्थापनको सम्बन्धमा कानूनी व्यवस्था गर्न विधेयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति: बिहिबार, २० असार, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
जीवन विकास अस्पतालमा गढी र रतुवामाईका बासिन्दाले सहुलियत दरमा उपचार पाउने
गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु
काेशीमा १४ भाषालाई सरकारी कामकाजको मान्यता, दलहरूद्वारा स्वागत
© 2024 Satyasanchar. All Rights Reserved.